हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 627  पटक पढिएको

निर्माणाधीन बाटोमा काम गरिरहेको एक्साभेटरको बकेटले लागेर शुक्रबार दिउँसो मोरङमा त्यसका चालकको मृत्यु भएको छ।

मोरङ जहदा-१ भुटाहा चोकस्थित निर्माणाधीन बाटोमा काम गर्ने एक्साभेटरको बकेटले लागेर त्यसैका चालक ताप्लेजुङका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको हो।

शुक्रबार दिउँसो साढे २ बजे एक्साभेटरमा तेल हालेर तामाङ आफैं चेकजाँच गर्दा गरिरहेका थिए।

सो क्रममा बकेट खुस्किएपछि घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यस्तै, झापा बुद्धशान्ति गाउँपालिका-३ मा बोलेरो पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

शुक्रबार राति साढे ८ बजे उत्तरतर्फ जाँदै गरेको मे१च ६४१३ नम्बरको बोलेरो पिकअपले तत्काल नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षीय पुरुष मानिसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बिएन्डसी अस्पताल विर्तामोडमा पुर्‍याउना साथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बोलेरो चालक मेचीनगर-३ बाहुनडाँगीका ५४ वर्षीय चुनचुन सन्तोष राई नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!