हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 732  पटक पढिएको

मेष

आटेको ताकेको काममा सफलता मिल्न सक्नेछ । खर्च बढ्ने र मन चिन्तित रहनेछ । भित्रि मनबाट कठिन परिश्रमको लागि तयार भईन्छ ।

 

वृष

राम्रो समाचार सुन्न पाइएला । बोली-वचन र भौतिक सहयोगले इस्टमित्रको सहयोग गर्न पाइनेछ । विभिन्न-काममा सफलता मिल्न सक्नेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला ।

 

मिथुन

सुखको अनुभव हुनेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला । साँझको समयमा बुवा-आमालाई मठ-मन्दिरको दर्शन गराउन लगिनेछ ।

कर्कट

पाहुना भएर कतै जाँदा राम्रै मानसम्मान मिल्नेछ । आथित्यपूर्ण मान-सम्मानले मन खुशीहुनेछ । कुनै पनि तनाव हुने कार्यबाट टाढा रहनु होला ।

सिंह

कुनै बाद-बिबादमा परेता पनि आफ्ना कुराले तर्क-बितर्कमा जितिनेछ । पुराना याद आउनेछन् । आफ्नै लापरबाहीले दुःख पाइएला ।

कन्या

बुवा-आमाले पैसा दिदा मन खुशीले गद-गद हुनेछ । प्रेमिकाको फोनले जीवनसाथीसँग मतभेद रहला । आफूभन्दा जेष्ठ, श्रेष्ठ, मान्यजनको परामर्शले जीवन अर्थपूर्ण रहनेछ ।

तुला

भौतिक सुख मिल्नेछ । सवारी -साधनमा कतै टाढा घुम्न जाने योग परेको छ । परोपकार, दान-पुण्य गर्ने कामको लागि अभिप्रेरित भइनेछ ।

वृश्चिक

सुखको अनुभव हुनेछ । दाम्पत्य -जीवनमा नयाँ ठाउँमा गएर राम्रो समय व्यतीत गरिनेछ । सन्तानको बिहेको लागि केही नयाँ प्रस्ताव आउन सक्नेछन ।

धनु

पुरानो रोगले दुख दिदा मन खिन्न रहनेछ । स्वास्थमा गिरावट हुदा मन चिन्तित रहनेछ । सन्तानको सुभ समाचारले मन खुशी रहनेछ ।

मकर

पैसा प्राप्ति हुदा मनमा खुशी मिल्नेछ । भाग्यको दृष्टिले आजको दिन राम्रो रहेको छ । व्यापार- गर्नेको लागि आजको दिन उत्तम रहनेछ ।

कुम्भ

व्यापार गर्नेहरुको लागि रोखिएको धन आउन सक्ला । प्रेम -जीवन सुखमय नै रहको छ । नसोचेको ठाउँबाट धन आएर मन खुशी हुन सक्ने योग रहेको छ ।

मीन

भोजन प्राप्तिको योग रहेको छ । सभा समारोहमा रारिक भएर मिठो भोजन प्राप्त हुन सक्ला । आज ऋण नलिनु होला, आउने दिनमा चुक्ता गर्न हम्मे हम्मे पर्न सक्ला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!