हिपमत डटकम

शुक्रबार, चैत्र २७, २०७७ || 603  पटक पढिएको

भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनी एक हप्ताअघि अस्पताल भर्ना भएका थिए ।

४७ वर्षीय सचिनले २७ मार्चमा आफू संक्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।

सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने बताएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए । यसक्रममा उनले २ सय टेस्टमा १५ हजार ९२१ रन र ४६३ एकदिवसीय खेलमा १८ हजार ४२६ रन बनाएका छन् । आफ्नो २४ वर्षे करियरमा १ सय शतक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!