मंगलबार, माघ २१, २०७६ || 858  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,२१ माघ : मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।महाशाखाले जारी गरेको सूचनमा लेखिएको छ , ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।’ महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली छैन । भने, देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली भएको छ । यसैगरी, दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली भइरहने महाशाखाले जनाएको छ । भने बाँकी भू–भाग सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!