खबर ठुलो छ

हिपमत डटकम
काठमाडौँ ,२१ माघ :  हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा कसैले ज्यान गुमाएको यो पहिलो घटना हो । हङकङको क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मङ्गलबार बिहान हृदयघातका कारण भएको साउथ चाइना मर्निङ पोष्टले तीनवटा स्रोतको हवाला दिँदै समाचार प्रकाशित छ । चीनको वुहानबाट सुरु भएको यस खतरनाक भाइरसबाट संक्रमित हुने उनी हङकङका १३ औँ बिरामी थिए । उनी गत जनवरी २१ मा हुबेईको वुहान पुगेर दुई दिनपछि ग्वानझाओ–सेन्जेन–हङकङ एक्सप्रेस रेलमार्गबाट हङकङ फर्किएका थिए । उनलाई जनवरी ३१ बाट ज्वरो आउन सुरु भएको थियो । उनलाई सोही दिन याउ मा तेइमा रहेको क्वीन एलिजावेथ अस्पतालमा भर्ना गरिएको थियो । उनी आफ्ना ७२ वर्षीया आमासँग ह्वामपोआ गार्डेनमा बस्दै आएका थिए । उनलाई पनि फेब्रअुरी २ मा भाइरसको संक्रमणमा अस्पताल भर्ना गरिएको थियो । उनी हङकङका यस भाइरसबाट संक्रमित १५ औँ बिरामी थिइन् । उनको भने चीनमा यात्रा गरेको कुनै दस्तावेज छैन । चीनबाहिर यस भाइरसबाट संक्रमित बिरामीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि फिलिपिन्समा कोरोनाभाइरस संक्रमित बिरामीले ज्यान गुमाएका थिए । उता, सोमबारसम्म चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय २५ पुगेको छ । सोमबार मात्र थप ६४ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए । यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार ४ सय ३८ पुगेको छ । यो भाइरसको संक्रमण दुई दर्जन बढी देशमा फैलिसकेको छ । चीनबाहिर १५० जनाभन्दा बढीमा यस भाइरसको संक्रमण देखिएको छ ।

मंगलबार, माघ २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया