सपना देख्नु सामान्य कुरा हो । तर हरेक दिन देखिने सपनाले जीवनमा निकै प्रभाव पारेको हुन्छ । अक्सर धेरै मान्छेले सपनामा देखेको कुरालाई बिपनामा भुल्ने गर्छन् रत सपनाको परिणमबारे थाहा पाउन सक्दैनन् ।
यद्यपी ज्योतिष शास्त्र अनुसार केही यस्ता सपनाहरु रहेका छन् । जसले जीवनलाई निकै अर्थपुर्ण बनाउँछ । त्यस्तै आज हामी सपना कुन देवी देवता देख्दा के हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
भोलेनाथ : हिन्दु धर्मवलम्बीहरुले भगवान शिव भगवानलाई भोलेनाथको रुपमा पुजा गर्ने गरेका छन् । धेरैले सोमबारको दिन भगवान शिवको पुजा आरधना गरेर व्रत बस्ने चलन रहेको छ । यसरी सपनामा भगवान शिवलाई देख्नु भएको छ भने बिहानै उठेर नुहाएर चोखो कपडा लगाएर शिवको मन्दिरमा गएर विधिवत रुपमा पुजा गर्दा हरेक इच्छा चाहना पुरा हुने गर्छ । यसो गर्दा हरेक इच्छा चाहना पुरा हुने र जविनमा ठूलो सफलता हात पर्ने धार्मिक विश्वास रहेको छ ।
श्रीकृष्ण : हिन्दु धर्मावलम्बीहरुको प्रिय देव श्री कृष्णलाई शक्तिशाली भगवानको रुपमा पुज्ने चलन रहेको छ । यख्पी सपनामा भगवान श्री कृष्णलाई राती सपनामा देखेमा भविष्यमा आफ्नो निकट साथीलाई भेटिने बताइएको छ ।
यसको अर्थ यो होकी अलस जीवन साथी पाउन सकिन्छ भन्ने मान्यता रहेको छ । त्यतिमात्र हैन प्रेमीसँगको सम्बन्ध समेत प्रगाढ बन्दै जान्छ ।
माता दुर्गा : हिन्दु धर्ममा दुर्गा मातालाई विशेष पुजा गर्ने प्रचलन रहेको छ । त्यसकारण राती सुतेको बेला माता दुर्गालाई देखे आफु र आफ्नो परिवारमा रहेको हरेक किसिमका रोगहरु नष्ट भएर जाने मान्यता रहेको छ भने प्रगतिका बाटाहरु समेत खुल्नेछ ।