हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम, २० माघ: तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका ४ वडाहरु शुन्य असुरक्षित गर्भपतन वडा घोषणा गरिएका छन । यसै बिचमा सोमबार मात्रै गाउँपालिकाको वडा नम्बर २ हमजरजुङलाई एक कार्यक्रमका बिच घोषणा गरिएको छ । महिलाको सुस्वास्थ्य तेह्रथुमबासीको सान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभियान भन्ने मुल नाराका साथ जिल्लालाई शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियान अन्तर्गत सोमबार गाउँपालीकाको २,३,४ र ५ नम्बर वडालाई शुन्य असुरक्षित गर्भपतन वडा घोषणा गरीएको हो । वडा नम्बर २ को घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष सन्तविर लिम्बुले शुन्य असुरक्षित गर्भपतन अभियान तथा घोषणा कार्यक्रम नेपालको नमुना कार्यक्रम र विश्वमै एक अभ्यासको रुपमा रहेकोे बताउनुभएको छ । वडा घोषणा मात्र गरेर नभइ आगामि दिनमा यसलाई निरन्तरता दिनको लागि सम्पुर्ण नागरीक समाजदेखी सरोकारवाला सम्पुर्णको समन्वय आवश्यक रहेको बताउनुभयो । साथै उहाँले वडा क्षेत्रभित्र कुनै महिला तथा किशोरीको असुरक्षित गर्भपतन भएको घटना थाहा भएमा स्थानीय सरकारले यसको अनुगमन तथा सचेतिकरणको कार्यलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाउनुभयो । वडाले महिला तथा किशोरीहरुको स्वास्थ्य र सुरक्षाका लागि प्रतिवद्ध रहदै समुदाय सचेतना, कानुनी सचेतना तथा सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिएको र सम्पुर्ण सुचकहरु पुरा गरेको जनाएको छ । वडा नंम्बर २ का वडाध्यक्ष कुल बहादुर कार्कीले सुरक्षित गर्भपतन वडा घोषणा पत्र बाचन गरी वडा घोषणा गर्नुभएको छ । वडा नं २ हमजरजुङको आयोजनामा छथर गाउपालिका, छथर गाउपालिका स्वास्थ्य शाखा, आइपास नेपाल र समृद्ध तेह्रथुमको लागि अभियानको सहयोगमा संचालित वडा घोषणा कार्यक्रममा छथर गाउपालिका स्वास्थ्य शाखा संयोजक संजित रसाईलीले हमरजुङ्ग स्वास्थ्य चौकीहरुबाट प्रवाह भएको सुरक्षित गर्भपतन सम्बन्धि सेवा र यसलाई दिगो बनाउन आगामि चलाउनुपर्ने कदमहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा म कहिलै असुरक्षित गर्भपतन गर्दिन, गराउदिन र गर्न दिन्न । म सुरक्षित गर्भपतन सेवाको पहुँच वृद्धि र गुणस्तरीय सेवाको लागि पैरवि र समुदाय सचेतना गर्नेछ ु । म महिला तथा किशोरीको स्वास्थ्य र सुरक्षा प्रति सचेत हुनेछु । भन्ने घोषणा, प्रतिवद्ध सहित सहभागी सम्पुर्णमा गाउपालिका अध्यक्ष सन्तविर लिम्बुले सपद ग्रहण गराउनुभएको छ । गाउपालिका अध्यक्ष सन्तविर लिम्बु, छथर अस्पतालका हेल्थ असिष्टेन्ड गिरिराज खड्का, शारदा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक खगेन्द्रराज दाहाल, सरस्वती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक दुर्गा खतिवडा, समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत डिकेन्द्र बराल लगायतले आआफनो भनाइ राख्नुभएको थियो । साथै वडालाई शुन्य असुरक्षित गर्भपतन बनाउन सहयोग गर्ने महिला स्वयम सेवीकाहरु, आमा समुहका प्रमुखहरु, टोल विकास समितीका प्रमुखहरु, स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु र सरोकारवाला पक्षहरुलाई प्रसंसा पत्रद्धारा सम्मान गरीएको छ । राजनितीक दल, नागरीक समाज, बुद्धिजीवि, समाजसेवी, महिला स्वयम सेवीका, आमा समुह, टोल विकास समिती, शिक्षक, संघ सस्था लगायतको बृहत सहभागीता रहेको थियो । तेह्रथुम जिल्लालाई आगामी मार्च ८ का दिन शुन्य असुरक्षित गर्भपतन जिल्ला बनाउने अभियानसंगै पालिकाहरुमा वडा स्तरीय घोषणाका कार्यक्रम तिव्र गतिमा चलिरहेको छ । आइपास नेपालको सहयोगमा संमृद्ध तेह्रथुमको लागि अभियानले जिल्लाको म्याङलुङ र लालिगुरास नगरपालिका तथा छथर गाउपालिकामा यौन तथा प्रजनन अधिकार सुदृणिकरण कार्यक्रम संन्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!