हिपमत डटकम
काठमाडौं,२० माघ:नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले आइतबार पदबाट राजीनामा दिएका छन् । कीर्तिपुरमा माघ २२ देखि २९ गतेसम्म सञ्चालन हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आमोन र अमेरिकाबीच त्रिकोणात्मक सिरिज सकिएसँगै लागू हुने गरी पटवालले राजीनामा दिएका हुन् । पटवालले आफ्नो राजीनामा आईसीसीमा पठाएको र नेपाल क्रिकेट संघ (क्यान) लाई पनि वोधार्थ गराएका छन् । क्यानका महासचिव अशेकनाथ प्याकुरेलले भने पटवालको राजीनामा दिएको विषय समाचार पढेर मात्र थाहा पाएको बताए ।

उनले क्यानमा राजीनामा पत्र नआएको पनि स्पष्ट पारे । पटवाल पछिल्लो समय नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग असन्तुष्ट रहँदै आएको बुझिएको छ । आइसीसीले क्यानलाई निलम्बन गरेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पटवाललाई सन् २०१९ को जुनमा एक वर्षका लागि नेपालको मुख्य प्रशिक्षक बनाईएको थियो ।

उनी पहिला पनि नेपाली टोलीको कन्सल्ट्यान्ट ब्याटिङक प्रशिक्षक थिए । नेपालमा पटवाललाई मासिक सात सय अमेरिकी डलर पाउने गरी मुख्य प्रशिक्षक बनाइए पनि तलबमा कर लगाएका कारण उनी असन्तुष्ट थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!