हिपमत डटकम
काठमाडौं,२० माघ:दिशा पाटनीको आगामी फिल्म ‘मलंग’ फेब्रुअरी ७ तारिखमा रिलिज हुँदैछ । फिल्मको प्रोमोशनमा व्यस्त दिशाले मिडियासँग कुराकानी गरिरहेकी छिन् । यतिबेला उनले फिल्मसँग सम्बन्धित दृश्यबारे कुरा गरेकी छिन् । फिल्म ‘मलंग’ मा उनीबाहेक सिद्धार्थ कपूर, अनिल कपूर पनि महत्वपूर्ण भूमिकामा छन् ।

फिल्ममा दिएको बोल्ड र किसिङका दृश्य दिँदा ट्रोलिङको सामना गर्नुपर्दा कस्तो महसुस हुन्छ भन्ने प्रश्न सोध्दा उनले भनेकी छिन्, ‘अब त बानी जस्तै भइसकेको छ । सोसल मिडियामा त सबैले ट्रोलिङको सामना गर्नुपर्छ । अब म यसको लोड लिन सक्दिनँ, बानीजस्तै परिसकेको छ । र मीम्सको कुरा गर्ने हो भने हामीले मीम्स हेर्दैनौं भन्ने हुँदैन । हामी मोबाइलमा ती मीम्स हेर्छौं । कसैले मीम्स बनाएर हँसाइरहेको छ भने त्यसमा के गलत भयो र ? राम्रै हो नि…हामीलाई पनि रमाइलो गर्न दिनुहोस् र उनीहरुलाई पनि मज्जा लिन दिनुहोस् ।’

यस्तै, चुम्बन गर्न को अभिनेतासँग सहज भयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म कसैसँग पनि सहज हुदिनँ । मानिसहरुले सोच्लान् कि चुम्बन गर्दा मज्जा आउँछ होला, तर यस्तो हुँदैन । जब तपाईं यस्ता दृश्य गरिरहनुभएको हुन्छ तब तीनवटा ठूला क्यामरा तपाईं अगाडि तेर्सिएका हुन्छन् । ५० जना सेटमा हुन्छन् । जसले तपाईंलाई घुरेर हेरिरहेका हुन्छन् । १० जनाले मोनिटरमा हेरिररहेका हुन्छ । यस्तोमा अत्यधिक दबाब महसुस हुन्छ, केही मज्जा आउँदैन ।’

यसका साथै उनले सोसल मिडियामा आउने कमेन्ट आफूले पढ्न छोडेको बताएकी छिन् ।

साथै, उनको यसपटकको भ्यालेन्टाइन्स डे कसरी मनाउने तयारीमा हुनुहुन्छ भन्ने प्रश्नमा त्यतिबेला आफू सलमान खानको फिल्म ‘राधे’ को सुटिङमा व्यस्त हुने बताइन् । त्यसो भए यसपटक सलमान खानसँग भ्यालेन्टाइन्स डे मनाउँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिइन्, ‘योभन्दा राम्रो के हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!