हिपमत डटकम

आइतबार, चैत्र २२, २०७७ || 1454  पटक पढिएको

गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!