सोमबार, माघ २०, २०७६ || 738  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२० माघ:हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए ।उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र जोन अलग्गिएका छन् ।

ब्रेक लिन चाहन्थिन् पामेला, त्यसकारण अलग्गिइन्ः

हलिउड रिपोर्टरको एक रिपोर्ट अनुसार पूर्व ‘बेवाच’ स्टार अर्थात् पामेला ब्रेक लिन चाहन्थिन् त्यसकारण उनले जोन पिटर्ससँग १२ दिन अघि भएको विवाह तोडेकी हुन् । जोन र उनका यूनियनका मानिसहरुबाट उनीहरुले जुन प्रेम पाइन् त्यसमा आफू निकै खुसी भएको पामेलाले बताइन् ।

जोनअघि चार विवाह गरिसकेकी छिन् पामेलाः

स्मरण रहोस् जोन पिटर्सअघि पामेला एन्डरसनले चारवटा विवाह गरिसकेकी छिन् । ५२ वर्षीया पामेलाले पहिलो विवाह अमेरिकी संगीतकर्मी टोमी लीसँग गरेकी थिइन् । विवाहको तीनवर्ष पछि नै यी दुई अलग्गिए । त्यसपछि पामेलाले किड रकसँग विवाह गरिन् ।

रकसँग विवाह टुटेपछि उनले फिल्म निर्माता रिक सोलोमनसँग विवाह गरिन् । पछि उनको सोलोमनसँग पनि सम्बन्धविच्छेद भयो । तर पुनः प्याचअप गरिएको थियो । तर त्यो प्याचअपपनि धेरै दिनसम्म टिक्न सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!