हिपमत डटकम
जनकपुर,२० माघ :धनुषामा घरायसी विवादपछि ससुरा सहित परिवारका ४ जना मिलेर बुहारीको हत्या गरेका छन् । शनिबार धनुषाको औरही गाउँपालिका वडा नम्बर २ की २२ बर्षिया चिन्तामणी पासवानको हत्या भएका हो ।
मोबाइलमा राख्ने मेमोरी कार्डको विषयमा विवाद हुँदा परिवारै मिलेर महिलाको हत्या भएको बताइएको छ।

हत्या आरोपमा प्रहरीले ५५ वर्षीय ससुरा राधाकृष्ण पासवान, ४५ वर्षीया सासु कुमला पासवान, ३० वर्षीय श्रीमान अनिल कुमार पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आरापीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

माघ १८ गते शनिबार दिउँसो १ बजेको समयमा पासवान र नन्द पुनिताबीच मेमोरीकार्डको विषयमा झगडा भएको थियो । सोही विवाद बढ्दै जाँदा ४ जनाले चिन्तामणिलाई कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि उनीहरुले अपराधलाई लुकाउनका लागि झुण्डिएको अवस्थामा फेला परेको भन्दै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर छाडेर फरार भएका थिए ।

उनीहरुलाई खोजतलास गर्ने क्रममा आरोपीमध्येका कुमला पासवान र पुनिता पासवानलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित पेठिया बजारबाट आइतबार साँझ ५ बजे पक्राउ गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए । त्यस्तै राधाकृष्ण पासवान र अनिल कुमार पासवानलाई सोमबार बिहान ६ बजे धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बलहा टोलबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!