हिपमत डटकम

बिहिबार, चैत्र १९, २०७७ || 700  पटक पढिएको

बिराटनगर । बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् ।

भाजपाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभेम्बरमा पत्ता लागेको थियो । अरुणले मिडियासँग भने–‘गतबर्षको नोभेम्बर ११ तारिखमा किरणको हात घरमै भाच्चिएको थियो । उनले, चन्डीगढको एक अस्पतालमा उपचार गराएकी थिइन् । सोही समयमा उनीलाई मल्टिपल मायलोमा नामक रोग रहेको पत्ता लागेको थियो । उनको दायाँ हातदेखि बायाँ हातसम्म यो रोग फैलिएको छ । ४ डिसेम्बरमा उनलाई मुम्बई ल्याइएको थियो । उनी, निरन्तर कोकिलाबेन अस्पतालमा उपचार गराइरहेकी छिन् ।’

बलिउडमा सन् १९८८ मा ‘पेस्तोजी’ नामक चलचित्रबाट डेब्यू गरेकी किरणले यसपछि ‘सरदारी बेगम, देवदास, वीर जारा, ओम शान्ती ओम, खुबसुरत’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!