हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 855  पटक पढिएको

गायक संगीतकार संगीत संयोजक दीपकराज बिश्वकर्माको संगीत तथा आवाजमा पश्चिमेली टिपिकल गीत (हे सुवा) को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा दिपकराज बिश्वकर्मा एक चिर परिचित नाम हो। उनि द्वारा संगीत बद्ध धेरै गीतहरु बजारमा चर्चामा छन्।

केहि समय पहिला उनि द्वारा संगीत बद्ध गीत पिरतीको गुन्द्री बोलको गीतले बजारमा राम्रै चर्चा कमायो उनि गायक मात्र नभई गायक संगीतकार संगीत संयोजक साथै साउण्ड ईन्जिनियर रहेको उनी एक बहुप्रतिभाका धनि संगीतकर्मी हुन । आज उनले आफ्नो जन्मदिनको छेक पारी आफ्नै आवाज संगीत तथा संगीत संयोजनमा पश्चिमेली टिपिकल गीत (हे सुवा) को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीत तथा भिडियो प्रेम भावले भरिपुर्ण रहेको गायक संगीतकार दीपकराज बिश्वकर्मा बताउँछन् । गीतको अडियो अडियोल्यापू स्टुडियोमा रेकर्डीङ तथा मिक्सिङ मास्टरिङ गरीएको हो।

उक्त गीतमा रबिना स्वप्निल गीरीको शब्द गायक स्वयम् दीपकराजको संगीत तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोमा निर्देशन पनि गायक स्वयम दीपकराज बिश्वकर्माको रहेको छ। छायांकन बुद्ध थापा, नृत्य निर्देशन केशबराज भट्ट ,सम्पादन बिकाश दाहाल , ड्रोन बिशाल सापकोटा को रहेको छ भने उक्त रमाईलो गीतको भिडियोमा चर्चित मोडल चक्र बम र मिना शाहीको दमदार अभिनय देख्न पाईन्छ्। गितको भिडियोलाई ओएसआर डिजिटको यूट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!