हिपमत डटकम

बुधबार, चैत्र १८, २०७७ || 1221  पटक पढिएको

मुम्बई । मनोरञ्जन उद्योगले यतिबेला कोरोनाको चुनौतीको सामना गरिरहेको छ । कोरोनाको त्रासका बीच पनि कलाकार आफ्नो प्रोजेटको छायाँकनगरिरहेका छन् । पछिल्लो समय कयौ कलाकार कोरोनाको चपेटामा परेका छन् ।
अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज रहेको डान्स रियालिटी शो ‘डान्स दीवाने ३’मा पनि कोरोना पाइएको छ । राधव जुएल होष्ट रहेको यो शोका १८ सदस्य कोरोना संक्रमित भएका छन् । जसको जानकारी फिल्म उद्योग कर्मचारी संघले दिएको हो ।

‘डान्स दीवाने ३’ शो प्रसार हुने टेलिभिजन ‘कलर्स’ च्यानलका प्रवक्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टीमका केही सदस्यमा कोरोना संक्रमित पाइएका छ ।’
फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्पलोइज ( एफवडब्ल्युआईसीई’का महासचिव अशोक दुबेले शोका १८ सदस्य कोरोना संक्रमित भएको बताएका छन् ।

‘दुई दिन पहिले शोका १८ सदस्यमा कारोना संक्रमित भेटिएको थियो’ दुबेले भने ‘उनीहरु घरमा रहेका छन् । उनीहरुको साटो दोस्रो ब्यक्ति काममा राखिएको छ ।’ उनले शोका निर्णायक माधुरी, धर्मेश र तुषार भने ठिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!