सोमबार, माघ २०, २०७६ || 972  पटक पढिएको

हिपमत डटकम
बारा,२० माघ : आफूलाई आशाराम बापुका चेला बताउने एक बाबा पक्राउ परेका छन् । आशारामको चेला बताउने भारतीय नागरिक रामेश्वर शर्मा पक्राउ परेका हुन् । उनलाई बाराको कोल्हवी नगरपालिका वडा नम्बर ११ रमपूर्वाका स्थानीय १४ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ । विगत १५ वर्षदेखि कोल्हवी क्षेत्रमा बस्दै आएका ५५ बर्षिया शर्मा आफुलाई आसारामको चेला बताउने र झणडा बाबा भनेर चिनिने गरेका छन् । मन्त्र सिकाउने भन्दै बालिकालाई करणी गरेको पीडितको जाहेरीको आधारमा शर्मालाई आइतबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक बालिष्टर सिंहले जनाकारी दिए । उनले कोल्हवी क्षेत्रमा डेढदशक देखी झारफुक गर्ने नाममा स्थानीयहरुलाई प्रभावमा पारेर स्वार्थ पुरा गर्दै आएका थिए । पक्राउपछि शर्मालाई नाबालिका करणी अभियोगमा फौजदारी अपराध सहिंता २०७४ अनुसार मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!