सोमबार, माघ २०, २०७६ || 1123  पटक पढिएको

हिपमत डटकम
मोरङ, माघ २० गते ।  मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे मोरङको सुन्दर हरैचा नगरपालिका-१० जरुवामा प्रदेश नम्बर १-०२-००१ ख ८१०९ नम्बरको टिपरले साईकल यात्री स्थानीय ४७ बर्षीय बाबुराम कार्कीलाई ठक्कर दिंदा कार्की घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ भने टिपर चालक र टिपर उक्त कार्यालयले नियन्त्रणमा लिएको छ । यसैगरी स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा उर्लावारी नगरपालिका-१ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका-६ का २६ बर्षीय डेकेस बि.क., निजको श्रीमती २० बर्षीया सिर्जना बि.क, निजकै सासु ४३ बर्षीय कल्पना ठटाल र ३ बर्षीया छोरी प्रतिक बि.क घाईते भएका थिए । घाईतेहरुको बिराट नर्सिङ होममा उपचार भईरहेकोमा ३ बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बस र बस चालककाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!