हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 671  पटक पढिएको

माया गरौला बोलको गीत हिट भएपछी सोहि टिमले केहि दिन अगाडी मात्र ‘ब्रेकअप गरौला’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेको छ भने सार्बजनिक भएको हप्ता दिन नपुग्दै ५ लाख ६६ हजार भन्दा बढीले उक्त म्युजिक भिडियो हेरेका छन् भने २४ हजार भन्दा बढीले सो गीतको भिडियोलाई लाइक गरेका छन्। सार्बजनिक ब्रेकअप गीतमा अहिलेका जल्दाबल्दा नायक नायिका तथा मोडलको अभिनय देख्न सकिन्छ ।

कोरोनाका कारण फिल्मका गतिबिधि पातलिएपछि नायक नायिकाहरुको म्युजिक भिडियोमा उपस्थिति बाक्लिदो छ । पछिल्लो समय फिल्ममा निकै ब्यस्त बनेका नायक पुष्प खड्का, नायिका आंचल शर्मा, बर्षा राउत र सागर लम्साल ‘बले’ भिडियोमा फिचर्ड भएका छन् । भिडियोमा सागरको जोडी आंचल र पुष्पको जोडी बर्षा देखिएका छन् । हेर्नुस भिडियो यस्तो बनेको छ ।

किरण भुजेल र समिक्षा अधिकारिले गाएको गीतमा कृष्ण भारद्वाजले संगीत भरेका छन् भने तिलक प्रताप चन्दले शब्द कोरेका हुन् । गीतमा एरेन्ज जिवन बडाको रहेको छ । गज्जबको टिभि नामक युट्युब च्यानलबाट सार्बजनिक भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् भने सुबर्ण दुलालले सम्पादन गरेका हुन् । यस्तै भिडियोमा कन्सेप्ट तथा कोरियोग्राफी भिक्रम स्वरको रहेको छ । सरोज ओलीले भिडियो निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!