हिपमत डटकम

मंगलबार, चैत्र १७, २०७७ || 886  पटक पढिएको

त्यो सपनाको पनि के कुरा गर्नु,
जुन निद्राको प्रतीक्षा गरिरहेको छ,

त्यो भविष्यको पनि के कुरा गर्नु,
जुन वर्तमानमा कहीं हराएको छ,

म त अब भावनाको कुरा गर्छु यहाँ,
जुन मनको कुनामा कतै दाबिएको छ,

मेरा केही चाहेका अनगिन्ती रहरहरु,
जुन दिलको गहिराइमा कतै भासिएको छ,

ती देखेका मेरा केही साना सपनाहरु,
जुन साथसँगै कतै हराएर गएको छ,

अनि मेरा केही पूर्ण भएका चाहनाहरू,
जुन विगतबाट मलाई चियाइ हासिरहेको छ,

अब त केबल चाहना छ त्यो सेतो कपडाको,
जसको थाङ्नाले सबैको प्यारो बनाउँछ,

अनि दिन्छ अनगिन्ती समय एकान्तमा उभिने,
र कात्रोमा बेरिएको आफ्नो प्रतिविम्व हेर्ने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!