हिपमत डटकम
काठमाडौं, माघ २० । बेलायतको महानगरीय पुलिसले दक्षिण लण्डनमा ‘चरमपन्थी सम्बन्धि’ एक घटनामा संलग्न हमलाकर्तालाई हतियारधारी अधिकारीले गोली हानी हत्या गरेका छन् । पुलिसका अनुसार हमलामा तीनजना घाइते भएका छन् । जसमध्ये एकको स्थिती निकै गम्भीर भएको बताइएको छ । लण्डन एम्बुलेन्स सेवाले तीन व्यक्तिलाई अस्पताल पुर्‍याइएको पुष्टि गरेको छ । घटनासँग सम्बन्धित केही रिपोर्टमा बताइए अनुसार ती हमलाकर्ता सबैभन्दा पहिले एक पसलमा छिरेका थिए र मानिसमाथि चक्कुमार्फत् अन्धाधुन्धा हमला गर्न सुरु गरे । त्यसपछि उनी पसलबाट बाहिर निस्किएको र एक महिलालाई घाइते बनाएको बताइन्छ । नेपाली समयानुसार आइतबार बेलुकी पौने ८ बजे गोलीको आवाज सुनिएको थियो । प्रत्यक्षदर्शीले सोसल मिडियामा उनीहरुले तीन राउन्ड गोली चलेको आवाज सुनेको जानकारी दिएका थिए । त्यसपछि आपतकालीन सेवा सुरु भयो । हतियारधारी पुलिसले इलाकालाई आफ्नो घेरामा लिए ।हमलाकर्ताको पहिचान २० वर्षीय सुदेश अम्मानको रुपमा भएको छ । उनी जनवरी महिनामा मात्रै जेलमुक्त भएका थिए । तीन वर्ष चार महिनाको सजाय काटेर फर्किएका अम्मानलाई चरमपन्थी अपराधमा संलग्न भएको भन्दै सजाय सुनाइएको थियो ।

जतिबेला हमला भयो उनी पुलिस निगरानीमा ने थिए । प्रधानमन्त्री बोरिस जोनसोनले घटनापछि ट्वीटमा लेखे, ‘यो हमलामा घाइते र प्रभावित व्यक्तिमाथि पूर्ण समवेदना छ । आपतकालीन सेवाको तत्काल प्रतिक्रियाका लागि धन्यवाद । लण्डन एम्बुलेन्स सर्भिसका अनुसार उक्त घटनाको सूचना पाएलगत्तै थुप्रै स्वास्थ्यकर्मी तैनाथ गरिएको छ । महानगरीय पुलिसका अनुसार उनीहरु अहिले जानकारी जुटाउने प्रयास गरिरहेका छन् ।

घटनास्थल र त्यस आसपासका इलाकामा भारी पुलिस बल तैनाथ छन् । हेलिकोप्टरमार्फत् पनि निगरानी जारी छ । स्ट्रीथमका १९ वर्षीय विद्यार्थी गल्ड बुल्हानले आफ्नो अगाडि गोली चलेको देखे । पीए न्यूज एजेन्सीसँगको कुराकानीमा उनले भने, ‘गोली चल्दा म सडक पार गर्ने क्रममा थिएँ ।’ ‘ती व्यक्तिलाई त्यति नै बेला गोली हानिएको थियो । मैले तीन राउन्ड गोली चलेको आवाज सुनेँ ।’ अर्का एक प्रत्यक्षदर्शी डेनियल गफले आफू बाहिर निस्किएका बेला गोलीको आवाज सुनेको बताए । गोलीको आवाज सुनेपछि सबैजना भागदौड गरिररहेको उनले बताए । ‘असाध्यै तनावपूर्ण स्थिती थियो । मानिसहरु चिच्याइरहेका थिए । पुलिसले मानिसलाई त्यहाँबाट हट्न भनिरहेका थिए । एक व्यक्ति जमिनमा ढलेका थिए ।’ त्यसको केही समयमा नै चारैतर्फ पुलिसले घेरा हालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!