आइतबार, माघ १९, २०७६ || 926  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ,१९ माघ:विराज भट्टको चलचित्र ‘साङ्लो’ लाई गीत चोरीको आरोप लागेको छ । चलचित्र यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको हो । समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका छन् । अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको चलचित्रको यो गीत केही दिन अघि सार्वजनिक भएको थियो । शुक्रवार सङ्गीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध उजुरी दिएको हो । प्रहरी परिसर टेकुका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि गीत कम्पोज गर्न २ वर्ष अगाडि सङ्गीतकार अधिकारीलाई दिएको बताएका छन् । तर चलचित्रमा यो गीत समावेश नगरिएपछि गीत सङ्गीतकार अधिकारीसँगै रहेको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!