हिपमत डटकम

शुक्रबार, चैत्र १३, २०७७ || 904  पटक पढिएको

हामी २०७७ सालकाे विदाइमा छाैं। २०७८ साल बैशाखकाे १ गते बुधवार परेको छ । यो वर्षमा राक्षस नाम गरेको समवर्ष परेको मानिन्छ । जसरी राक्षसहरु मस्त रहन्छन् त्यसै गरेर मानिसहरु पनि मस्त रहने ज्योतिष शास्त्रमा मानिएकाेृ छ।हामी २०७७ सालकाे विदाइमा छाैं। बैशाख १ गतेको जन्मकुण्डली बनाएर हेर्दा दोस्रो भावमा राहुँ, अष्ठमा भावमा केतु, दशम भावमा शनि र एघारौं भावमा वृहस्पति रहेका छन् । अरु ग्रहहरुले राशि परिवर्तन गरिरहने हुनाले यी ४ भावको मात्र चर्चा गरिएको छ ।

मेष राशिलाई मिश्रित फल मिल्ने भनिएकाे छ । दशम भावमा शनि ग्रह बसेको हुनाले अन्नपातका काम र कृषिजन्य कारोवार, फलामाको कारोवार र फलामका सामाग्रीहरु तपाईलाई फाप्छ । यस्का साथै विदेशी लगानीमा गरेका कार्यहरु पनि फाप्ने छ । तपाईका आम्दानीका स्रोतहरु भने बढ्नेछ । घरमा धार्मिक कृयाकलापहरु बढ्नुका साथै घरमा सन्तानको आगमन हुने सम्भावना पनि छ ।बोलीमा राहु भएकोले बोलीमा राहु बसेको छ । तसर्थ बोल्दा विचार पुर्याउनु पर्ने अवस्था छ । कर्मबाट निकै नै लाभ हुन्छ तर बचत हुन दिदैन ।

असोज १५ बाट कार्तिक २३ गतेसम्म भने यी राशिहरुलाई ठूलै दशा लाग्नने भनिएकाे छ । वर्षभर रातो र सुन्तला रंगको मात्र प्रयोग गरेमा अत्यन्तै फाइदाजनक रहने छ । पुर्व दिशाको यात्रा गर्नु र १ नम्बरलाई विशेष ध्यान दिनुभयो भने तपाईँको वर्षभरि राम्रो हुनेछ । मेष, सिंह र धनु राशिसँगको सम्बन्ध अत्याधिक सफल हुने छ । त्यसैले यो साल निकै नै उत्तम मानिएकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!