आइतबार, माघ १९, २०७६ || 931  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१९ माघ:नेपाल विद्यार्थी संघका सभापति राजिव ढुंगानाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ध्यान केन्द्रीत गर्न सबैलाई आग्रह गरेका छन् । माघ १६ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित भएपछि आइतबार पदभारत ग्रहण गर्दै ढुंगानाले संगठनमा आवद्ध विद्यार्थीहरुलाई स्वयीयू निर्वाचनमा ध्यान केन्द्रीत गर्न आग्रह गरेका हुन् ।

स्ववियू निर्वाचन मिनि जनमत भएको उल्लेख गर्दै ढुंगानाले २ तिहाइको सरकारले जनमतको दुरुपयोग गरिरहेकोले चुनावबाट पाठ सिकाउनुपर्ने बताए । ‘२ तिहाईको सरकारले जनताको मात पायो तर जनताको पक्षमा त्यो मत उपयोग गरेको छैन् । सधै जनविरोधी कृयाकलाप मात्रै सरकारले गरिरहेको छ । काण्ड-काण्ड मात्र सरकारले गरिरहेको छ । देशको संविधानलाई मिच्नेगरी ऐन कानून ल्याइरहेको छ । स्ववियू निर्वाचनमा नेविसंघलाई विजयी गराएर सर्वसत्तावाद सरकारलाई पाठ सिकाउन अपिल गर्दछु’ उनले भने ।

माघ १६ गते काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट मनोनित सभापति ढुंगाना, महामन्त्रीहरु मनोज वैद्य र महेश्वरी कुँवरले आइतबार नेविसंघको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!