आइतबार, माघ १९, २०७६ || 1109  पटक पढिएको

हिपमत डटकम
विराटनगर, १९ माघ:विराटनगरस्थित गायत्री संस्कृत माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको भेलाले नारायण पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
विद्यालयमा २०४४ सालदेखि हालसम्म अध्ययन गरेका पूर्वविद्याथीहरूको वृहत भेलाले पोखरेलको अध्यक्षतामा १३ सदस्यीय ‘गायत्री संस्कृति मावि पूर्वविद्यार्थी समाज गठन गरेको हो । समितिको उपाध्यक्षमा रीता रेग्मी, सचिवमा प्रभाकर रेग्मी, सहसचिवमा विनय पोखरेल र कोषाध्यक्षमा लेखनाथ अधिकारी चयन भएका छन् । त्यस्तै श्यामकृष्ण बास्कोटा, विजया नेपाल, रफिकुल हुसेन, नुना कट्टेल, कमल पोखरेल, रुद्र राजवंशी र बाबुराम घिमिरे सदस्य रहेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू देशका विभिन्न उच्च तहमा पुगेका छन् । समाजले विद्यालयको विकाससँगै पूर्वविद्यार्थीहरूबीच भेटघाट, आपसी सद्भावका साथै सामाजिक क्षेत्रमा काम गर्ने अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!