हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 819  पटक पढिएको

सुनसरीको ईटहरीमा ‘सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल’को दोश्रो सिजन भब्य र सफल सम्पन्न भएको छ । सनिवार सम्पन्न ग्रान्ड फिनाले कार्यक्रमबाट प्रीन्स तर्फ प्रत्युश गुरुङ र एन्जल तर्फ प्रतिशा डङोलले बिजेताको ताज चुम्न सफल भए । त्यस्तै शोको प्रीन्स तर्फ फर्स्ट रनरअप रोशन भुजेल, सेकेन्ड रनरअप नयन ताम्राकार भए भने एन्जल तर्फ फर्स्ट रनरअप आश्री गुराँगाई र सेकेन्ड रनरअप देश्ना खत्री हुन सफल भएका छन् ।

बिजेताहरुले नगद २०/२० हजार सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे भने फर्स्ट रनरअपहरुले १५/१५ हजार र सेकेन्ड रनरअपहरुले १०/१० हजार नगद सहित ट्रफी, क्राउन र प्रमाण पत्र प्राप्त गरे । फाईनलका लागि निर्णायकको रुपमा ईभेन्ट को-अर्डिनेटर तथा होप धरानका अध्यक्ष निश्चल पालिखे, मिस्टर ईन्टरनेसनल २०१८ का बिजेता साजिद आलम, मिस कोशी २०१६ तथा ईभेन्ट को-अर्डिनेटर नितिक्ष्या पाठक, फेसन मोडल ट्रेनर रोनक अग्रवाल र ईभेन्ट अर्गनाइजर बिन्दिया कार्की रहेका थिए ।

फाईनल कार्यक्रमबाट विभिन्न सब-टाईटलहरु पनि प्रदान गरिएको थियो । प्रीन्स तर्फ पब्लिक च्वाईस बिशाल न्यौपाने, मल्टिमिडिया अवार्ड प्रत्युश गुरुङ, स्माईल अवार्ड सुशान्त वाग्ले, फोटोजेनिक अवार्ड आयुश सुन्दास, र्याम्प वाल्क अवार्ड आशिक दाहाल, डिसिप्लेन अवार्ड सुशान्त वाग्ले, ह्यान्ड्सम अवार्ड आशिक दाहाल, हस्पिटालिटी अवार्ड विशाल न्यौपाने, बेस्ट फिजिक्स आयुश सुन्दास, कन्फिडेन्ट अवार्ड रोशन भुजेल, ट्यालेन्ट अवार्ड आयुश सुन्दास, फ्र्यान्ड्ली अवार्ड नयन ताम्राकार बेस्ट चार्मिङ अवार्ड प्रयुश थापा, बेस्ट हेयर प्रत्युश गुरुङ, बेस्ट स्किन सर्वग्य श्रेष्ठ, मोस्ट एक्टिभ आदर्श प्रताप सेन, पर्सनालिटी अवार्ड कृष्ण प्रधानले हात पारे ।

त्यस्तै, एन्जल तर्फ पब्लिक च्वाईस अवार्ड सिजल राईले हात पारे भने मल्टिमिडिया र फोटोजेनिक अवार्ड दिप्शी खड्काले जितिन् । बेस्ट स्माईल प्रतिशा डङोल, बेस्ट क्याट वाल्क र बेस्ट फिगर रोजिना सरदार, डिसिप्लेन बिनु चौधरी, ब्युटिफुल अवार्ड देश्ना खत्री, हस्पिटालिटी अवार्ड काब्या प्रधान, कन्फिडेन्ट अवार्ड समृधी कार्की, ट्यालेन्ट अवार्ड आश्री गुराँगाई, फ्रेन्ड्ली अवार्ड लुशा चौधरी, चार्मिङ अवार्ड आरुष्का भन्डारी, बेस्ट हेयर गरिमा कार्की, बेस्ट स्किन अन्जिला भट्टराई, मोस्ट एक्टिभ समृद्धि ढकाल र पर्सनालिटी अवार्ड सुबिना गिरिले हात पारिन् ।

एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको कार्यक्रमको फाईनलमा एजेन्सीको सिइओ दिपक गिरिको सभापतित्व र कमेडी गायक प्रकाश ओझा प्रमुख अतिथिको रुपमा रहेका थिए । कार्यक्रमका मुख्य आकर्षकको रुपमा रहेका कलाकार तथा कमेडी गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदारी’ले आफ्ना विभिन्न लोकप्रिय गीतहरु गाएर उपस्थित दर्शकहरुलाई नचाए र हसाए । कार्यक्रममा २०० बढी दर्शक उपस्थित थिए । शोको लागि २ चरणको अडिसनबाट ५० जना भन्दा बढी सहभागी थिए भने छनौटमा परेका २९ जनालाई १ महिनाको विभिन्न तालिम दिइएको थियो ।

ग्रान्ड फिनालेमा एन्जल डान्स स्टुडियोको तर्फबाट आकर्षक डान्स प्रस्तुतिहरु पनि रहेको थियो । आयोजक कम्पनिका अफिसियल कोरियोग्राफर संगीता चौधरीले र्याम्प गर्न सिकाएका थिए भने पुर्वान्चल ईन्स्टिच्यु अफ फिल्म एन्ड टेलिभिजनले अभिनयको प्रशिक्षण दिएको थियो । यो संगै अन्य तालिमहरु पनि सहभागीहरुले प्राप्त गरे । शोको मिडिया को-अर्डिनेटर सुवास संकल्प रहेका थिए भने फोटो तथा भिडियो पार्टनर डिथ्री फोटोग्राफी र क्लिक क्लिक स्टुडियो रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!