हिपमत डटकम

मंगलबार, चैत्र १०, २०७७ || 1416  पटक पढिएको

सोमबार भारतमा ‘६७ औं नेशनल फिल्म अवार्ड’को घोषणा गरिएको छ । सन् २०१९ मा रिलिज भएका चलचित्रहरुको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो । यो अवार्ड भारतका राष्ट्रपतिको हातबाट प्रदान गरिन्छ ।

यो बर्षको उत्कृष्ट चलचित्रको अवार्ड नायक सुशान्त सिंह राजपुत र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘छिछोरे’ले प्राप्त गरेको छ । यस्तै, चलचित्र ‘मणिकर्णिका र पंगा’बाट नायिका कंगना रनावतले ‘उत्कृष्ट नायिका’को अवार्ड प्राप्त गरेकी छिन् ।

यसअघि कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन् । यस्तै, मनोज बाजपेयी र धनुषले ‘उत्कृष्ट नायक’को अवार्ड जितेका छन् । उत्कृष्ट ‘सह–नायक’को अवार्ड विजय सेतुपतिले जित्दा ‘उत्कृष्ट गायक’को अवार्ड ब्री प्राकले जितेका छन् ।

पल्लवी जोशीले ‘उत्कृष्ट सह–नायिका’को अवार्ड जित्दा ‘उत्कृष्ट सम्पादन’को अवार्ड चलचित्र ‘जर्सी’ले प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!