हिपमत डटकम
सोलुखुम्बु, माघ १९ गते । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-७ नाजिङका ४५ बर्षीय रामकाजी बस्नेतको रूखले किचेर मृत्यु भएको छ । शनिवार बिहान साँढे ९ बजे घर नजिकै रहेको पैयूको रुख ढाल्ने क्रममा उक्त रूख आफै तिर ढलेर किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुवाट प्रहरी टोली खटि गई मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल फाप्लु पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।