विराटनगर । जनसेवाको लागि म्याक्स इन्टरनेशनल हस्पिटल प्रा.लि. एण्ड ट्रमा सेन्टरले निशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. लुस्युन कुमार यादवले १५ दिन सम्म निशुल्क ओ पी डी चाँज गर्ने भएको हो ।
चैत्र ७ गते शनिवार देखि २२ गते आइतवार सम्म निशुल्क ओपीडी सेवा संचालन हुने अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले हिपमत डटकमलाई जानकारी दिए ।
निर्देशक मेहताका अनुसार निशुल्क ओपीडी सेवा लिनेहरुको लागि ल्याब टेष्ट, ईसीजी, एक्सरे, बेडचार्जमा समेत २० प्रतिशत छुट दिइने छ । अस्पतालले छोरी बचाउ अभियान अन्तर्गत नर्मल डेलिभरी तथा शल्यक्रिया समेत संचालन गर्दै आएको निर्देशक मेहताले बताए ।
अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डा. रविन्द्र तमाङ्ग हरेक प्रकारको शल्यक्रियमा सफलता प्राप्त गरेका छन् । त्यस्तै आगोले पोलेका, डढेको, करेन्ट लागेको, तातोपनी वा तातो दूधले पोलेको विरामीहरुको सफल उपचार सेवा अस्पतालले प्रदान गर्दै आएको निर्देशक मेहताले दाबी गरे ।