राम प्रेम यादब

शुक्रबार, चैत्र ०६, २०७७ || 1113  पटक पढिएको

पिछडावर्ग निषाद दलित जनजाति पार्टीको सुनसरी जिल्लाको अध्यक्षमा कुन्दन बहरदार सर्वसम्मतिले चयन भएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष प्रितम मुखियाको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच कुन्दन बहरदारलाई सर्वसम्म्तिले अध्यक्ष पदमा चयन गरिएको हो ।बर्जु गाउँपालिका नरहा घर भएका कुन्दन बिए एल एल बी तेस्रो वर्षमा अध्ययनरत छन् । कार्यक्रममा समाजसेवी फागु दास बहरदार सहित स्थानीय किसान, मजदुर, बिद्यर्थी सहितका युवाहरुको ब्यापक उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष मुखियाले निषाद समुदायको हकहित, विकास र सेवाको लागि आफ्नो सल्लाह सुझाव दिई जातीय संगठनको रुपमा रहेको यस पार्टीलाई बलियो बनाउन सबै संग आग्रह गरे ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष बहरदारले आफ्नो जातिय अधिकार र पहिचानको लागि राज्य संग संघर्ष गर्नु आवश्यक रहेको भन्दै निषाद समुदायको सङ्गठन र एकतालाई बलियो बनाउँनु जरुरी रहेको बतए । गत फाल्गुन २८ गते कुन्दनलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!