सुनसरी झुम्काको सानो एउटा गाउ हसनपूरमा ७० बर्ष कि आमा केहि महिना यता छोरालाइ घाटीमा क्यान्सर भए पछि अहिले आमा र उनकी बुहारी सीताढुंगेलको दिन रोएरै बित्ने गरेको छ |

उपचारको क्रममा नेपाल देखि भारत सम्म पुगे उपचार गराउने क्रममा भएको एउटा सानो घर पनि बन्धकी राख्नु पर्यो आफन्त इस्टमित्र सबै तिर रिनै ऋण छ | अब त माग्ने ठाउँ र बन्धकी राखन मिल्ने पनि केहि छैन | गरिबीले थिचेको यो परिवारमा दबाई हैन अहिले त दुइ छाक खाना खाने पैसा पनि न भए पछि आमाले हामीलाइ रुदै फोन गर्नु भयो | हामीले यो परिवारलाइ भेट्दै गर्दा यो परिवारको अवस्था एकदमै दयनीय थियो | बुहारीले स्कुल पढाएर कमाएको आठ दस हजारले छोरा बाचाउन न सक्ने भए पछि छोराको जीवन बचाईदिन सबै देश तथा विदेशमा रहनु भएको दर्शकहरुलाइ आग्रह गरिन | समय ले धोखा दिएको भनौ या भगवान ले साथ छोडेको भनौ , दुइ छोरा श्रीमती र घरमा भएकी एउटा बुढी आमालाई पाल्न का निम्ति विगत २ वर्ष अर्काको देश मा पसिना बगाए अब चाई परिवार सग समय बिताउँछु भनेर घर फर्किएका नन्द राजलाइ एक्कासी घाटीमा क्यान्सर देखियो |

लामो समय बिदेशी भुमि मा दुख गरेर घर फर्किएका नन्द राज न त खुशी ले परिवार सग बस्न पाए न त निरोगी भयर बाचन पाए जब घाटी मा क्यान्सर देखियो धेरै तिर उपचार का निम्ति पुगे विदेश बसेर कमाएको त सकियो सकियो अलिकति भएको घर जग्गा पनि धितो राख्नु पर्यो भर्खर ४२ वर्ष पुगेका नन्द राजलाई उपचार गर्न मात्र अहिले सम्म ३० ३५ लाख बढी लागि सक्यो नन्दराज भन्छन न त थपक्क मर्न दिन्छ न निको हुन्छ श्रीमतीले स्कुल पढाएर कमाएको ८ १० हजार ले न औषधि किन्न पुग्छ न घरमा खान भन्छिन् उपचार का लागि भारत पनि गयौ धेरै खर्च भयो अब उपचार गर्नको लागि एक पैसा छैन अप्रेसन गर्न पाए मेरो श्रीमान बाच्नु हुन्छ होला डाक्टर ले पनि सके सम्म छिटो अप्रेसन गर्नु भनेको छ आफू सग भएको यो एउटा घर पनि लोन मा छ छोराहरु सानै छन आफन्त इष्ट मित्र सबै ले सक्दो सहयोग गरी सके भन्ने ठाउ र माग्ने ठाउ काही बाकि छैन ऋनै ऋण छ घर पनि बैंक मा छ अब त् दबाइ किन्ने पैसा समेत पनि छैन जति सक्नु हुन्छ सहयोग गर्दिनुस न है एक्ली छु केहि पार नलागेर हजुर हरु सामू साहारा माग्न आएकी भन्दै धर धरी रुँदै देश तथा विदेशमा रहनु भएका आमा बुवा दिदि बहिनिमा श्रीमान बचाईदिन हात जोडेर बिन्ति गरिन |

७० वर्ष पुगेकी आमा मेरो छोरालाई बचाआइदिनुस न मेरो छोरा केही खाँदैन घाटी बाट केहि निल्नु हुदैन म बुडी कसलाई गुहराउ मेरो उमेर पनि छोरालाई लागोस् मैले दिन सक्ने यति नै हो मेरो छोरालाई बचाइदिन्नुस न है दुई नाति मेरी बुहारी एक्लो हुन्छन् डाक्टर साबले भन्नु भए अनुसार अप्रेसन गर्यो भने ठीक हुन्छ रे कति सक्नु हुन्छ सहयोग गर्दिनुस है । तपाइको सानो सहयोग यो परिवारको लागि धेरै ठुलो बन्न सक्छ आर्थिक सहयोग गर्न चाहनेले मलाई ९८१४७७९१७७ सम्पर्क गर्नुहोला सिता ढुंगेल – 9852059150

यो परिवार संग गरिएको निकै नै पिडादायिक भिडियो हेर्नुस-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!