हिपमत डटकम

शुक्रबार, चैत्र ०६, २०७७ || 381  पटक पढिएको

हिन्दु धर्मको रक्षाका लागि सुदूरपश्चिम क्षेत्रीय कथाब्यास प्रथम सम्मेलन धनगढीमा हुने भएको छ । आज पत्रकार सम्मेलन गरि सो कुराको जानकारी दिएको हो । शनिबार बिहान १० बजे बाट शुरु हुने सो सम्मेलनलाई श्री १००८ स्वामी देवराज आचार्यले उद्घाटन गर्ने सम्मेलन संयोजक​ खगेन्द्रराज अवस्थीले जानकारी दिए ।

धार्मिक महा गठबन्धनको प्रयास स्वरुप नेपाल भरी छरिएर रहेका सबै कथाब्यास गुरुलाई एकै संगठनमा आबद्ध गराई, हिन्दु धर्मको रक्षाका लागि लाग्ने अभिप्रायका कारण सम्मेलन आयोजना गरिन थालेको उनले बताए । राष्ट्रिय कथाब्यासका केन्द्रीय सचिव राघव उपाध्यायले धर्मनिरपेक्ष राष्ट्र निर्माणपछि नेपालको धार्मिक क्षेत्रमा परेको असरलाई हल गर्ने उद्देश्यका साथ सम्मेलन गरिन थालेको बताए ।

नेपालको धार्मिक क्षेत्र तहसनहस भएको कथाब्यास गुरुहरूलाई राज्यले उपेक्षा गरेको, सामाजिक, विकृति बढेको, आर्थिक सुरक्षा र सामाजिक सुरक्षामा चुनौती थपिएको उनको भनाइ छ । समस्या समाधान गर्न र गराउन कथाब्यास गुरुहरू लाई एकजुट गराउन सम्मेलन कोशेढुंगा साबित हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!