हिपमत डटकम
काठमडौं,१९ माघ:चीनको उहानबाट सुरु भएको कोरोनाभाइरसको प्रकोपले अहिले विश्वभर आतंक सिर्जना गरेको छ । कुनै औषधोपचार नरहेको यस प्रकोप एकपछि अर्को देशमा फैलिरहेको अवस्थामा विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ संकटकालनै घोषणा गर्नुप¥यो ।

डरबीच धेरैले भाइरसको प्रकोपबाट आफूलाई सुरक्षित राख्नको लागि मास्क लगाउन थालेका छन् । अध्ययनले मास्कले केही हदसम्म रोग लाग्नबाट बचाउने देखाएको छ ।

तर अनुसन्धानदाताहरुले मास्कभन्दा पनि बढी हात धुने कार्य प्रभावकारी भएको बताएका छन् ।

कोरोनाभाइरस स्वासप्रस्वास अंगलाई प्रभावित बनाउने भाइरस हो । यस्तो भाइरस हाच्छ्यु गर्दा वा थुक्दा बिहिरिने छिटामा हुन्छ । हावामा लामो समय तैरिन नसक्ने यी छिटा जुन सतहमा खस्छन् त्यहाँ लामो समय रहने हुन्छ ।

मास्कले भिडभाडमा गएको समयमा संक्रमितसँग नजिकिएको अवस्थामा रोग सर्नबाट केही सुरक्षा दिनेगर्छ तर भिडभाडमा संक्रमितले रोगका किटाणु छाडेको हुन्छ जुन हामी हातले टिप्ने गर्छ ।

हात धुने कार्यमा ध्यान दिइयो भने हातबाट हुने रोगको विस्तार पनि रोकिन्छ ।

हात धुनेभन्दा केही मान्छे दिनमा कैयौ पटक हात धोएका धोएकै गर्ने पनि हुन्छन् । तर कोरोनाभाइरसको विस्तार रोक्न त्यति धेरै हात धुन पनि आवश्यक हुदैन ।

विशेष विशेष अवसरमा राम्रोसँग हात धोएमा प्रकोप लाग्ने सम्भावना अत्यधिक कम हुन्छ ।

कस्तो अवस्थामा हात धुने

कोरोनाभाइरसको विस्तार रोक्नको लागि निम्न अवस्थामा हात धुने गर्नुपर्छ ः

– हरेक पटक ट्वाइलेट प्रयोग गरिसकेपछि

–खाना खानु अघि

–घर बाहिर गएर घर पसे लगतैपछि
अघिल्लो दुई अवसरमा त हामीहरु सबैले हात धोइरहेका हुन्छौं । तर कोरोनाभाइरसको प्रकोपको समयमा भने घरबाहिर गएर घर पसे लगतै पनि हात धुने कुरामा ख्याल गर्नुपर्छ ।

कसरी हात धुने ?

कोरोनाभाइरसको संक्रमण रोक्ने उदेश्यले हात धुदाँ केही पक्षमा भने ख्याल गर्नुपर्छ । तल केही विधि दिइएका छन् ः

–हात धुदाँ पानीको धारा ठूलो बनाउदाँ राम्रो । यसले पखालिएका भाइरस बगेर जान्छन् ।

–अनिवार्य साबुनको प्रयोग गर्ने । पानीले मात्र ब्याक्टेरिया र भाइरसजस्ता किटाणुको बाहिरी पत्रलाई पनि टुक्राएर सक्दैन जुन काम साबुनले गर्छ ।

–हात धुदाँ समय लगाएर मिचिमिचि धुनुपर्छ । हातका केही कापमा साबुन पानी पुग्न समय लाग्ने भएकाले केही समय लगाएर हात धुनुपर्छ ।

–हातको धुदाँ अघिल्लो भागमा मात्र होइन पछिल्लो भागमा पनि उत्तिक्कै महत्व दिनुपर्छ । हात धुदाँ धेरैले अघिल्लो भागमा मात्र ध्यान दिने गर्छन् । सम्झिन सजिलोको लागि पन्जा लगाउदा जुन जनु भाग छोपिन्छ, ती सबैमा साबुन लगाएर धुनुपर्छ ।

–पछि सबै साबुन पखालिने गरी मिचिमिची पखाल्नुपर्छ ।

–हात धोइसकिएपछि हातलाई केही कुराले पुसेर सुक्खा बनाउनुपर्छ । यसको लागि ट्वाइलेट पेपर वा टावेल जे प्रयोग गर्दा पनि हुन्छ ।

–हात धोएर बाथरुमबाट बाहिर निस्कदा टिस्यु पेपर वा अन्य सामानले बाथरुमको ह्याण्डल खोल्दा ह्याण्डलमा यदी भाइरस बचेको भए पुनः हातमा आउन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!