हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 595  पटक पढिएको

गत माघ १० गते घाइते भएर सिकिस्त भएका सुनसरी चाँदबेल ७ का रबिन सारदारको उपचारको लागि रोटरी क्लव विराटनगर सेन्ट्रलले रु.४४ हजार सहयोग गरेको छ । बस दुर्घटनामा परेका सरदारको टाउकोमा गम्भिर छोट लागेकोले अपरेशनमा समस्या हँदा सो संस्थाले सहयोग गरेको हो ।

गत माघ १० गते सनसाइन इङ्गलिश बोर्डिङ्ग स्कलुको ठक्करले सिकस्ति घाइते भएका सरदारलाई उपचरको लागि त्यहीं दिन विराटनगर स्थित विराट नर्सिङ्ग होममा भर्ना भएको संस्थाकी अध्यक्ष सृजना थापाले हिपमत डटकमलाई जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार इलाका प्रहरी कार्यालय इटहरीले बस समाते पनि पछि पैसा तिर्ने सम्झौतामा स्कुले बस छुटाए पनि अस्पताललाई तिर्नु पर्ने रकम नबुझाएकोले सरदार बन्धक जस्तै बस्नु परेको छ ।

सरदारको उपचारमा रोटरी क्लव विराटनगर सेन्ट्रलले ४४ हजार सहयोग गरेको छ भने परिवारले रु.८० हजार अस्पतललाई बुझाएको छ । अस्पतालले करिब ४ लाख भन्दा बढीको उपचार खर्च देखाएकोमा १ लाख साठी हजार भन्दा बढी अस्पताललाई तिर्न बाँकि रहेको छ । बाँकि रहेको रकम नबुझाउँदा सरदार अस्पतालमा बन्धक भएको अवस्थामा रहेको छ ।

आर्थिक अवस्था कमजोर भएको सरदारलाई अस्पतालबाट छुटाउन तथा थप उपचारको लागि सहयोग गर्नका लागि परिवारजनले सबै संग हार्दिक आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!