बिराटनगर। प्रदेश २ को महोतरी जिल्ला पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका वृद्ध दम्पतिको खोज तलासका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाइएको छ ।

मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङ विराटनगरको अगुवाईमा विभिन्न संस्थाका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलालाई सो ज्ञापन पत्र बुझाइएको हो ।

२०७७ फाल्गुन १० गते राति अफ्नै घरमा सुतिरहेको अवस्थाबाट बृद्ध दम्पति अन्दाजी वर्ष ६५ को मुसाफिर झा र उहाँकी श्रीमति अन्दाजी वर्ष ५८ की गीतादेवी झालाई बेपता पारिएको हो । घटनाको भोली पल्ट फाल्गुन ११ गते विहान आफ्न्तले खोजी नीति गर्दा बृद्ध दम्पति घरमा न रहेको र सुतेको कोठामा रगतको छिटा देखा परेको थियो । साथै सो स्थानमा घिसारिको चिन्ह पनि देखिएको थियो । बृद्ध दम्पति सुतेको खाट तथा झुल समेत नै बेपता पारिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बृद्ध दम्पतिको खोज तलासका लागि स्थानी महोतरी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रालय तथा प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा समेत ज्ञापन पत्र बुझाए पनि कार्यान्वय फितलो रहेकोले दबाब स्वारुप जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत गृहमन्त्रालायमा ज्ञापन पत्र बुझाइएको युवा कार्य समितिका अध्यक्ष मनोज मिश्रले हिपमत डटकमलाई जानकारी दिए ।ज्ञापन पत्र बुझाउन विराटनगरका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु खोज तलासको माँग गर्दै साँस देउ की लाश देउ लेखिएको प्लेकार्ड बोकरे नारा जुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेका थिए । ती संस्थाका प्रतिनिधिहरुले अविलम्व खोजतल भए न भने हामी कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!