हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 846  पटक पढिएको

काठमाडौं । विशिष्ट निबन्धकार शंकर लामिछनेको ९४ औं जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार एवम् लेखक भैरव रिसाललाई अभिनन्दन गरिनुका साथै दुई स्रष्टालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरियो ।

सो अवसरमा वरिष्ठ लेखक गणेश रसिकलाई रू. ५० हजार नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई रू. २५ हजार नगदसहित शंकर लामिछाने युवा निबन्ध पुरस्कार प्रदान गरिनुका साथै दया फाउन्डेसनलाई सम्मान गरिएको थियो ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लामिछाने देवकोटापछिका सबैभन्दा सशक्त निबन्धकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, शंकर लामिछाने प्रतिष्ठानले गर्दैआएका कार्यक्रमहरूले लामिछानेलाई नयाँ पुस्तामाझ चिनाउन ठूलो मद्दत पुगेको छ ।

कार्यक्रममा अभिनन्दित व्यक्तित्व भैरव रिसाल, पुरस्कृत व्यक्तित्वहरू गणेश रसिक र सम्मानित संस्था दया फाउन्डेसनका संस्थापक एवम् निवर्तमान अध्यक्ष किपा माथेमाले अभिनन्दन, पुरस्कार र सम्मानका लागि आभार व्यक्त गर्नुभयो ।

अभिनन्दित एवम् पुरस्कृतहरूबारे बोल्दै समालोचक प्रमोद प्रधानले उपयुक्त व्यक्तिको चयन भएको र सबैको आआफ्ना विधा क्षेत्रमा उल्लेखनीय योगदान रहेको चर्चा गर्नुभयो ।

शंकर लामिछानेकी धर्मपत्नी रत्ना लामिछानेको समेत उपस्थिति रहेको सो कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष वरिष्ठ आख्यानकार पद्मावती सिंह, प्रतिष्ठानका सदस्य वरिष्ठ नियात्राकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, बूकहिल प्रकाशनका प्रमुख एवम् संचारकर्मी भूपेन्द्र खड्का र प्रतिष्ठानका सदस्य पुष्पा खनालले पनि आफ्ना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसी, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, डा. गार्गी शर्मा, कृष्ण जोशी, प्राज्ञ मातृका पोखरेल, नरेन्द्रराज पौडेल, महेश प्रसाईं, चन्द्रप्रसाद भट्टराई, पवन आलोक, जयदेव भट्टराई, मन्जिला अनिल, शशि थापा, विमल भौकाजी, दिव्य गिरी, प्रद्युम्न जोशी, किशोर श्रेष्ठ, मधु पाठक, सुमन वर्षा, रवीन्द्र आशीष, रन्जना निरौला, द्वारिका कुइकेल, सुषमा अंशु, प्रदीप रिजाल, सुदर्शन श्रेष्ठ, अमृता स्मृति, एलिसा शर्मा, रूपा पौडेल, रिपेश, सविता ढुंगाना, संगीता शर्मा आदिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!