आइतबार, माघ १९, २०७६ || 902  पटक पढिएको

हिपमत डटकम
इटहरी,१९ माघ:मिस मार्टिना २०२० का सहभागीहरुलाई ब्युटीसियन सम्बन्धि १ दिने तालिम दिएको छ । हिजो सम्पन्न सो तालिम इटहरी स्वप्निल ब्युटी क्लिनिक एंड टेर्निंग सेन्टरकि संचालिका बिजु बैनी श्रेष्ठले सहभागीहरुलाई तालिम दिनु भएको थियो । माघको पहिलो हप्ता बाट सुरु भएको यस प्रतियोगितामा सहभागीहरु निकैनै व्यस्त रहेका छन । हिजो भएको तालिममा स्किन,हियर कियर रुटिंग,फिटनेस टिप्स साथै स्वस्थ रहनका लागि खानामा कसरि कियर गर्न सकिन्छ साथै अन्य सामाजिक सचेतना आदिको बारेमा सहभागीहरुलाई जानकारी श्रेष्ठले दिनु भएको थियो ।

त्यसैगरी अफिसियल कोरियोग्राफरमा नेहा बजाज रहेकी छन् भने अफिसियल फोटोग्राफी पार्टनरमा बज फोटो एंड भिडियो स्टुडियो रहेको छ ,यस कार्यक्रमलाइ सफल पार्नका लागि सहयोगी सदस्यहरुमा प्रिया कुवर ,कन्चन तिवारी लगाएतको सहभागिता रहेको छ ।त्यसै गरि यस प्रतियोगितामा बिजेता हुनेले नगद रु।५० हजार प्राप्त गर्ने त्यसै गरि द्रोसो हुनेले रु २० हजार तेस्रो हुनेले रु १५ हजार नगद पाउने छन ।

लामो समय देखि मार्टिना मेकअप स्टुडियो चलाउदै आएकी श्रेष्ठले महिलाहरुमा लुकेर रहेको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको तथा आत्मबल बढाउन इटहरीमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको बताउछिन् ।यसै कार्यक्रम बाट मुनाफा भएको केहि रकम सामाजिक क्षेत्रमा पनि खर्च गर्ने र बिशेष गरि भिजिट नेपाल २०२० चलि रहेको बेला यसलाई पनि सफल पर्न आन्तरिक पर्यटनको प्रवर्दन गर्न उद्देश्यले प्रतियोगिता संचालन गरेको श्रेष्ठ बताउछिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!