हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 1146  पटक पढिएको

समवेदनामा प्रहार गर्दै
मन दुख्ने गरी
दुस्ट्याइ गर्छ,
स्वाभिमानमा प्रहार गर्दै
मन छिया छिया हुने गरी
फट्याइँ गर्छ,
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

आफू जस्तैको
एउटा झुण्ड तयार गर्छ
जालझेल गर्दै
अरुको मन दुखाउने गर्छ
षड्यन्त्रको जालो बुन्दै
अरुको बदनाम गर्दै हिड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

अस्मितामा चोट पुर्याउदै
लाज लाग्ने गरी
दुस्प्रचार गर्छ
अपशब्द प्रहार गर्दै
मन दुखाउने गरी
नग्न झगडा गर्छ
अरुको बदनाम गर्दै हिड्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

उ समवेदनामा प्रहार गर्छ
उ स्वाभिमानमा प्रहार गर्छ
उ जालझेल गर्छ
उ षड्यन्त्रको जालो बुन्छ
उ दुस्प्रचार गर्छ
उ अपशब्द प्रहार गर्छ
हो जहिले पनि
जस्को पनि अपमान गर्छ
उ कसरी कवि हुन सक्छ ?

राधेश्याम लेकाली

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!