हिपमत डटकम

बुधबार, चैत्र ०४, २०७७ || 859  पटक पढिएको

सत्ता समीकरणको केन्द्रविन्दुमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठकप्रति सबै दलको ध्यान तानिएको छ ।​ सत्ता समीकरणको बारेमा निर्णय लिन जसपा नेपालले चैत ५ गतेदेखि कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकले के निर्णय गर्छ भन्नेमा माओवादी केन्द्र र एमालेका साथै काँग्रेस पनि उत्सुकता पूर्वक हेरिरहेको छ ।

देशको समसामयिक राजनीतिक अवस्था तथा पार्टीको समायोजनलगायतका एजेण्डा तय गरेर बोलाइएको सो बैठकको मुख्य एजेण्डा अहिलेको समसायमयिक राजनीतिक अवस्था अर्थात सत्ता समीकरण नै हो । जसपा नेपालका नेताहरुले पनि सत्ता समीकरणको विषयमा कार्यकारिणी समितिमा छलफल हुने बताएका छन् । सो बैठकमा राजपाले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल गर्नेछ ।

कार्यकारिणी समितिका सदस्य शरत सिंह भण्डारीले काँग्रेस, माओवादी केन्द्र र एमालेसँग कसरी र कस्तो सहकार्य गर्ने बारेमा बैठकमा छलफल हुने बताए । तर यसपटक जसपाले काँग्रेस, माओवादी केन्द्र र एमालेलाई मात्र समर्थन गर्ने कुरा नआउने भन्दै उनले ती दलहरुले जसपालाई पनि समर्थन किन नगर्ने भन्नेमा बारेमा समेत छलफल हुने बताए । ‘जसपा नेपालले नै सरकारको नेतृत्व गर्ने विषयमा पनि छलफल हुन्छ’, उनले भने, ‘अहिले माओवादी र एमाले दुई वटै दललाई जसपा चाहिन्छ, जसपाले जहिले पनि ती दलहरूलाई समर्थन गर्दै आइरहेको थियो अब एकपटक जसपालाई पनि समर्थन गर्नुपर्छ भन्ने लाइनबाट पनि छलफल हुन्छ ।’

त्यो भएन भने अरु मुद्दाका आधारमा कुन दललाई समर्थन गर्ने त्यस विषयमा पनि छलफल हुने उनले बताए । संविधान संशोधन, आन्दोलनका क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताहरुको रिहाइ, झुठा मुद्दा फिर्ता, घाइतेलाई चरण पोषणलगायतका माग जसले पुरा गर्छ उसैलाई समर्थन गर्न सकिने बताउँदै उनले यसपालि कागजमा सम्झौता गरेको आधारमा मात्र कुनै दलका नेतालाई प्रधानमन्त्री बनाउन नसकिने बताए ।

‘जसपा नेपालका लागि काँग्रेस, माओवादी र एमाले उस्तै उस्तै हुन्, त्यसमा कोही बढी छन् त कोही कम छन्’, उनले भने, ‘आफ्नै नेतृत्व हुन नसक्दा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुन्छ ।’

एमालेलाई समर्थन गर्ने कि माओवादी वा काँग्रेसलाई समर्थन गर्ने अथवा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा पार्टीभित्र फरक फरक धारणा रहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन् भने पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरुले ओलीतिर ढल्किएका छन् ।

त्यस्तै, पार्टीभित्रै शरत सिंह भण्डारी, राजकिशोर यादव, प्रदीप यादवलगायतका नेताहरुले जसपा नेपालकै नेतृत्वमा सरकार बन्नुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । यसरी पार्टीमै फरक फरक विचार आउन थालेपछि एकीकृत विचारका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!