आइतबार, माघ १९, २०७६ || 1185  पटक पढिएको

हिपमत डटकम
सुनसरी,१९ माघ:पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा तीनजनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । पोखराबाट काकडभिट्टातर्फ गइरहेको ना.६ ख ७९५ को जगदम्बा बस र चन्द्रगढी झापाबाट कामठमाडौँतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान ७ः३० बजे ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीमा विनोद शर्माका अनुसार दुर्घटनामा अन्य ८ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीस्थित अस्पतालमा पठाइएको डीएसपी शर्माले बताए । दुर्घटनामा माइक्रोका चालक दीपक खड्का र काठमाडौंका हेमराज कोइरालाको मृत्यु भएको पुष्टि भए पनि अन्य तीन जनाको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!