आइतबार, माघ १९, २०७६ || 1016  पटक पढिएको

हिपमत डटकम
धरान,१९ माघ :चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा ‘सेतो पेटे रानी चरी’ नामक प्रजातिको चरा फेला परेको हो ।

विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरवान मन्सुरीले जानकारी दिए । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अङ्ग्रेजी नाम ‘एसी मेनीभेट’ रहेको चरा विज्ञ डा.हेमसागर बरालले जानकारी दिए ।

‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगायतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभभन्दा पनि कम देखिने चरामा पर्ने चरा विज्ञ डा बरालले बताए । त्यसबेला दुई प्रजाति ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाति रेकर्ड भएका थिए ।

त्यसपछि हालसम्म फेला परेको थिएन । रेकर्डमा आए पनि यस चराको तस्बिर भने पहिलोपटक फोटोग्राफर सञ्जय श्रेष्ठले खिच्नुभएको छ । यस चराको विषयमा डा. बरालले सन् २०१६ मा लेखेको ‘बर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ ।

कोशी टप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक तथा फोटोग्राफर सञ्जय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । चरा नयाँ प्रजाति जस्तो लागेपछि उहाँले प्रमाणीकरणका लागि चराविद् डा. बरालसमक्ष पु¥याएका थिए ।

पछिल्लो समय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्बिर खिचेको डा. बरालले बताए । श्रेष्ठले खिचेको तस्बिर प्रष्ट देखिएको उनको भनाइ छ । नेपालमा भएका ८८६ प्रजाति चरामा पेटे चरा उल्लेख छ । राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेकलिस्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोशी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्बिर भने कोशीटप्पुमा पहिलोपटक खिचिएको बरालले जानकारी दिए ।

आरक्षणमा चीन, रसिया, पाकिस्तान, बङ्लादेश, भारत, भूटानबाट कोशीटप्पुमा चरा आउने गर्छन् । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन् । यी चरा विश्वमा धेरै लामो दूरी उड्नसक्ने पक्षीका रूपमा चिनिन्छन् । नेपालमा पाइने जम्मा ८८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोशीटप्पुमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!