हिपमत डटकम

सोमबार, चैत्र ०२, २०७७ || 549  पटक पढिएको

पर्यटन सम्बद्ध श्रमिक संघ संगठन ट्रेड युनियनहरूले पर्यटन श्रमिकहरुलाई कोभिड–१९ विरुद्धको खोप माग गरेका छन् । कोभिड–१९ पछि विस्तारै खुल्दै गएको पर्यटन बजारमा क्रमशः पर्यटन गतिविधि बढ्दै गएको र यसले श्रमिकहरुको समेत माग बढाएको भन्दै अझै कोभिड–१९ को संक्रमणको जोखिम नरोकिएकाले प्राथमिकताका आधारमा पर्यटन श्रमिकहरुलाई खोप उपलब्ध गराउन ट्रेड युनियन फोरमले सरकारसँग माग गरेका हुन् ।

श्रम विभागमा दर्ता भई आधिकारिक रुपमा पर्यटन क्षेत्रमा क्रियाशिल श्रमिक ट्रेड युनियन नेपाल पर्यटन श्रमिक संघ,अखिल नेपाल पर्यटन मजदुर संघ,क्रान्तिकारी पर्यटन मजदुर संघ,नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ र समाजवादी पर्यटन मजदुर संघले संयुक्त रुपमा सरकारसँग यस्तो माग गरेका हुन् ।

सो अवसरमा संयुक्त ट्रेड युनियन फोरमले पर्यटन सिजन,वसन्त ऋतु समेत लागिसकेकाले विदेशी पर्यटकहरु नेपाल घुम्न आउन चाहने हुँदा सोको वातावरण समेत मिलाई दिन सरकारसँग माग गरेका छन् ।

हाल नेपालमा पद तथा पदयात्रा प्रदर्शक,पर्वतीय पथ प्रदर्शक, कुक,सहयोगी,पोर्टर (भरियाहरु) सहित करिब २० हजार पर्यटन श्रमिकहरु रहेको श्रमिक ट्रेड युनियनहरूले बताएका छन् ।

यता,पहिलो चरणमा भारतबाट १० लाख डोज खोप ल्याएको सरकारले प्राथमिकताका आधारमा हाल तेस्रो चरणमा ६० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई खोप दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!