हिपमत डटकम

आइतबार, चैत्र ०१, २०७७ || 869  पटक पढिएको

लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’ सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसरमा एक प्रस्तुति समेत दिएको ब्यान्डले गीतमा सुरेश शाहीको शब्द र निरन शाहीको स्वर छ । गीतमा निरनको गितार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बेस गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा भावना बराइली र गायक निरनलाई देख्न सकिन्छ । भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, विषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन,आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो । सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’ को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो । त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!