हिपमत डटकम

आइतबार, चैत्र ०१, २०७७ || 617  पटक पढिएको

निर्देशक रोहित सेट्टीको जन्मदिनको अवसर पारेर चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक सेट्टीले सामाजिक संजालमार्फत यो चलचित्र अप्रिल ३० मा रिलिज हुने बताएका छन् । यसअघि चलचित्र अप्रिल २ मा रिलिज हुने चर्चा थियो । तर, महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि चलचित्रको रिलिज मिति अन्यौलमा थियो ।

रोहितले सामाजिक संजालमा लेखेका छन्–‘प्यारा दर्शक, तपाइहरुले एक बर्षदेखि हाम्रो चलचित्रको प्रतिक्षा गरिरहनुभएको छ । अब, हाम्रो लागि यो भन्दा खुशीको कुरा अरु केही हुन सक्दैन कि, यो चलचित्र अप्रिल ३० बाट हलमा रिलिज हुँदैछ ।’

रोहितले महाराष्ट्रमा कोभिड संक्रमितको संख्या बढेको भन्दै ५० प्रतिशत अकुपेन्सीमा दर्शक राखेर चलचित्र चलाउने निर्णय गरिएको पनि बताए । यो निर्णयको आफूहरुले स्वागत गर्ने उनले बताए ।

उनले, महाराष्ट्रमा कोभिडको खोप लगाउने क्रम पनि बढेको बताएका छन् । यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्र रिलिज भएपछि हलसम्म दर्शक आउने क्रम बढ्ने विश्वास चलचित्र पण्डितहरुको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!