प्रतिरोधी क्षमता बढाउनका लागि सही खानपान हुनु अत्यावश्यक छ । कमजोर प्रतिरोधी क्षमता भएकाहरु निकै सजिलै रुघा–खोकी, भाइरल संक्रमण वा फ्लूको चपेटमा आउन सक्छन् । यस्तोमा शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाउका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ । आज त्यस्ता केही खानेकुराबारे जानकारी लिऔं जसले प्रतिरोधी क्षमतालाई बलियो बनाउन मद्दत गर्छ ।

अमिलो–गुलियो फलफूलः

अमिलो–गुलियो फलफूलमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ । भिटामिन सीलाई सेतो रक्त कोसिकाको उत्पादन बढाउनका लागि महत्वपूर्ण मानिन्छ जसले शरीरलाई संक्रमणबाट लड्न मद्दत गर्छ । सिट्रस फ्रुटमा अंगुर, सुन्तला, कागतीलगायतका खानेकुरा पर्छन् । महिलाले दैनिक ७५ मिलिग्राम र पुरुषले ९० मिलिग्राम भिटामिन सी लिन सक्छन् ।

रातो क्याप्सिकमः

सिट्रस फ्रुटको तुलनामा रातो क्याप्सिकममा तीन गुणा बढी भिटामिन सी हुन्छ । क्यारोटिन प्रचर मात्रामा पाइन्छ । यसले प्रतिरोधी क्षमता बलियो बनाउनुका साथै भिटामिन सीले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ । बिटा क्यारोटिनले आँखालाई पनि स्वस्थ राख्छ ।

ब्रोकलीः

ब्रोकलीमा भिटामिन ए, सी र ई, फाइबर र अन्य विभिन्न एन्टिअक्सिडेन्ट पाइन्छ । ब्रोकली सबैभन्दा स्वस्थ सब्जीमध्ये एक हो । यसलाई उसिनेर वा काँचो काँचै खानु राम्रो मानिन्छ । यसो गर्दा यसमा भएको पोषक तत्व नष्ट हुन पाउँदैन ।

लसुनः

लसुन लगभग सबै सब्जीमा हालेर खाने गरिन्छ । यसमा जिंकको प्रचुर मात्रा हुने भएकोले यसले संक्रमणबाट लड्न मद्दत गर्छ । यसका साथै यसले रक्तचाप पनि नियन्त्रण गर्छ । लसुनमा सल्फरयुक्त एलिसिन पाइन्छ जसले प्रतिरोधी क्षमता बलियो बनाउँछ ।

अदुवाः

अदुवामा एन्टी इन्फ्लेमेट्ररी र एन्टी वायरल गुण हुन्छ जसले घाँटीको समस्या कम गर्नु मद्दत गर्छ । अदुवाले रुघा–खोकी निको पार्न पनि निकै मद्दत गर्छ । यसमा कोलेस्ट्रोललाई नियन्त्रण गर्ने शक्ति पनि पाइन्छ ।

भिटामिन इः

भिटामिन इले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ र रुघा–खोकीबाट लड्न मद्दत गर्छ । बदाममा भिटामिन ईका साथै स्वस्थ फ्याट पाइन्छ । दैनिक आधा कम बदाम खाँदा भिटामिन इ को कमी पूरा गर्न सकिन्छ ।

ग्रीन टीः

हरियो वा कालो चिया दुबैमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । ग्रीन टीमा एल–थीयामीन पाइन्छ जसले रोगसँग लड्न मद्दत गर्छ ।

बेसारः

बेसार हरेक घरमा प्रयोग हुने मसाला हो । बेसारमा एन्टी इन्फ्लेमेटरी, एन्टी वायरल आदि गुण पाइन्छ । त्यसैले यसलाई वर्षौंदेखि अस्टियोअर्थराइटिस र रुमेटीइड आर्थराइटिसको उपचारका लागि उपयोग गरिन्छ । बेसारमा पाइने करक्यूमिनले प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

पालुङ्गोः

पालुङ्गोमा भिटामिन सीमात्रै होइन एन्टिअक्सिडेन्ट र बिटा क्यारोटिन पनि हुन्छ जसले हाम्रो प्रतिरोधी क्षमतालाई बलियो बनाएर संक्रमणसँग लड्न मद्दत गर्छ । ब्रोकलीझैं पालुङ्गो पनि त्यति नै स्वस्थ छ । यसको पोषक तत्वलाई कायम राख्नका लागि यसलाई पूर्ण रुपमा नपकाउनुहोस् ।

दहीः

विज्ञका अनुसार दहीमा भिटामिन डी भरपुर मात्रामा पाइन्छ । यसको सेवनले शरीरको प्रतिरोधी क्षमता बढाउँछ, शरीरलाई कुनै पनि संक्रमणको खतराबाट जोगाउँछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!