आइतबार, माघ १९, २०७६ || 968  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,१९ माघ : इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक रहेको लिभरपुलले आफ्नो अपराजित यात्रा २५ खेलसम्म पुर्याएको छ । लिग अन्तर्गत शनिबार अबेर भएको खेमला लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।
घरेलु मैदानमा एकपक्षीय खेल प्रदर्शन गरेको लिभरपुलले गोल भने सबै दोस्रो हाफमा गरेको थियो । लिभरपुलको जितमा एलेक्स चेम्बरलिनले ४७ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । मोहमद सलाहले ७२ औं र ९० औं मिनेटमा ब्यक्तिगत दुई गोल गर्दै लिभरपुललाई सजिलै जिताए । जितसँगै शीर्ष टोली लिभरपुलले २५ खेलबाट ७३ अंक बनाएको छ । लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता लिएको छ । लिभरपुलले घरेलु मैदानमा लगातार २० खेल जितको कीर्तिमान पनि बराबरी गरेको छ ।

यसअघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जितेको कीर्तिमान थियो । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ । लिभरपुलसँग पराजित साउथह्याम्पटन ३१ अंक सहित ११औं स्थानमा छ । शनिबारनै भएको अन्य खेलमा एभर्टनले वाटफोर्डलाई ३–२ बर्नमाउथले एस्टन भिल्लालाई २–१ र सेफिल्ड युनाइटेडले क्रिस्टर प्यालेसलाई १–० गोलले हराएको छ । लेस्टर सिटी र चेल्सीले २–२ वेस्ट हाम र ब्राइटनले ३–३ तथा न्युक्यासल र नर्बिच सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!