हिपमत डटकम

शनिबार, फाल्गुण २९, २०७७ || 689  पटक पढिएको

भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राज्य सरकारहरुले फेरि लकडाउन सुरु गरेका छन् । झन्डै साढे दुुई महिनापछि कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
पछिल्लो समय भारतमा एकै दिन २४ हजारभन्दा धेरैमा संक्रमण देखिन थालेको छ । महाराष्ट्र, पञ्जाब, केरल, गुजरात, तमिलनाडु र कर्नाटकमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । महाराष्ट्रमा फेरि एकपटक लकडाउन गर्ने तयारी हुँदैछ ।
नागपुर र परभणीमा नाइट कर्फ्यु लगाइएको छ । पुुणे र औरंगावादमा फेरि लकडाउन गरिएको छ । राजधानी दिल्लीमा पनि संक्रमितको संख्या बढ्दैछ । त्यस्तै, पञ्जाबमा फेरि एकपटक स्कुल बन्द गर्ने निर्णय लिइएको छ ।
महाराष्ट्रमा पछिल्ला २४ घण्टाका दौरान १५ हजारभन्दा धेरै नयाँ संक्रमित देखिएका छन् ।

राजधानी दिल्लीमा कोरोनाको घटना बढ्दैछ । पछिल्ला २४ घण्टामा ४ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसअघि एकैदिन ४ सय ९ जनामा संक्रमण देखिएको थियो शुक्रबार दिल्लीमा दक्षिण अफ्रिकी कोरोना भाइरसको स्ट्रेनका शंकास्पद बिरामी भेटिएका थिए । उनको लोकनायक अस्पतालमा उपचार चलिरहेको छ । केरल निवासी यी ३५ वर्षीय शंकास्पद बिरामी बुधबार दक्षिण अफ्रिकाबाट फर्किएका थिए । नयाँ स्ट्रेनको जाँचका लागि दिल्लीस्थित नेशनल सेन्टर फर डिजिज कन्ट्रोल ल्याबमा नमूना पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!