जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत राजनीतिक दलहरू म्युजीकल चेयर खेलमा लागेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराइले बिहीवार एक ट्वीट गर्दै दलहरु म्युजीकल खेलमा लागेको टिप्पणी गरेका हुन् । उनले देश गम्भीर संकटमा फसेको बेला दल र नेताहरूको भूमिका अपेक्षित स्तरको हुन नसकेको बताए ।

डा. भट्टराइले ‘अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ।’ लेखेका छन् ।

उनले आफ्नो पार्टी जसमा त्यो मुसादौडमा नरहेको समेत बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!