हिपमत डटकम

बिहिबार, फाल्गुण २७, २०७७ || 585  पटक पढिएको

पेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ ।

विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ ।

किन हुन्छ पेट घटाउन मुश्किल ?

१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन ।

२. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ ।

पेटको बोसो घटाउन किन जरुरी छ ?

शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।

विवाहपछि किन बढ्छ तौल ?

अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!