हिपमत डटकम

बुधबार, फाल्गुण २६, २०७७ || 703  पटक पढिएको

हरेक वर्ष मार्च महिनाको दोस्रो बुधबारलाई ‘नो स्मोकिङ डे’ मनाइन्छ । यो मनाउने उद्देश्य मानिसहरुलाई धुम्रपान छोड्नका लागि जागरुक गराउनु हो । तपाईंले चुरोट कम खाएपनि धेरै खाएपनि यसले तपाईंको पूरा शरीरमा असर पुर्याउने गर्छ । धुम्रपानले तपाईंको शरीरलाई कसरी क्रमशः खोक्रो बनाउँछ भन्नेबारे जानकारी लिऔं ।

स्नायू प्रणालीमा असरः

चुरोटमा पाइने निकोटिनले तपाईंको स्नायू प्रणालीमा नकारात्मक असर पार्ने गर्छ । यो तपाईंको दिमागमा पुगेर केही समयका लागि त यसले तपाईंलाई सक्रिय बनाउँछ तर यसको असर समाप्त हुने बित्तिकै तपाईंलाई थकाई लाग्ने र पुनः चुरोटको तलतल हुन थाल्छ । निकोटिनको लत लागेपछि धुम्रपानको बानी छुटाउन असाध्यै गाह्रो हुन्छ ।

श्वास तन्त्रमा असरः

जब तपाईं धुम्रपान गर्नुहुन्छ तब तपाईं ती पदार्थलाई आफ्नो शरीर भित्र पुर्याउनुहुन्छ जसले तपाईंको फोक्सोलाई हानी पुर्याउँछ । दैनिक रुपमा धुम्रपान गर्दा यसको हानी पनि बढ्ने गर्छ र यसैका कारण अन्य समस्या पनि निम्तिन्छन् । धुम्रपान गर्नेहरुमा इम्फेसिमा, क्रोनिक ब्रोन्काइटिस, क्रोनिक अब्सट्रक्टिव पल्मोनरी डिजिज र फोक्साको क्यान्सरको खतरा बढ्ने गर्छ ।

कार्डियोभास्कुलर सिस्टममा असरः

धुम्रपानले तपाईंको पूरा कार्डियोभास्कुलर सिस्टम अर्थात् हृदय प्रणालीलाई खराब गर्ने गर्छ । निकोटिनका कारण नसा निकै कडा हुने गर्छन् जसका कारण रक्तसञ्चारमा समस्या आउँछ । यसका कारण बिस्तारै धमनीको रोग बढ्ने गर्छ । धुम्रपानका कारण रक्तसञ्चार बढ्ने गर्छ, रगतका नसा कमजोर हुन्छन् र रगत जम्न थाल्छन् । यी सबै चिजले स्ट्रोकको खतरा बढाउँछ ।

कपाल, छाला र नङमा असरः

फोक्सोपछि धुम्रपानको सबैभन्दा बढी असर इन्टिग्यूमेन्ट्री सिस्टममा हुन्छ । यसका कारण तपाईंको छालामा स्पष्ट रुपमा परिवर्तन देख्न सकिन्छ । हालै भएको एक अनुसन्धानका अनुसार धुम्रपान गर्दा स्क्वेमस सेल कार्सिनोमा (छालाको क्यान्सर) को खतरा बढ्ने गर्छ । धुम्रपान गर्दा नङमा फंगल इन्फेक्सन हुन थाल्छ र कपाल तीब्र रुपमा झर्ने र सेतो हुने गर्दछ ।

पाचन तन्त्रमा असरः

धुम्रपान गर्दा मुख, घाँटी र श्वासनलीको क्यान्सरको सम्भावना बढ्ने गर्छ । धुम्रपान गर्ने धेरैजसो मानिसहरु प्यानक्रियाटिक क्यान्सरको शिकार हुने गर्छ । धुम्रपानको इन्सुलिनमा पनि प्रभाव पर्छ जसका कारण टाइप टु मधुमेह र योसँग सम्बन्धि जोखिम बढ्ने गर्छ ।

यौनाङ्गमा असरः

निकोटिनको असर पुरुष र महिलाको यौनाङ्गमा पनि पर्छ । यसका कारण पुरुषमा यौन क्षमतामा असर पर्ने गर्छ । यस्तै महिलामा यौन इच्छामा कमी आउन थाल्छ । निकोटिनले सेक्स हर्मोनको स्तरलाई कम गर्ने गर्छ ।

कसरी छोड्ने धुम्रपानको लतः

धुम्रपान छोड्नु निकै गाह्रो काम हो तर डाक्टरको सल्लाह लिएर तपाईं एउटा योजना बनाएर यसमा काम गर्न सक्नुहुन्छ । यस्ता थुप्रै औषधी छन् जसले धुम्रपान छोड्न मद्दत गर्छ । धुम्रपानको लत छोड्नका लागि तपाईं कुनै सेन्टरको पनि मद्दत लिन सक्नुहुन्छ । धुम्रपानको लत छोडेपछि तपाईंको शरीरको पूरा प्रणाली ठिक हुन थाल्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!