सम्मानको बदनाम किन ?

आर्थिक प्रलोभन र लेनदेन गरेर सम्मान लिने–दिनेहरु समाजका अपराधी

बीरेन्द्रकुमार साह

बुधबार, फाल्गुण २६, २०७७ || 753  पटक पढिएको

“सम्मान” शब्द सुन्ने बित्तिकै सबैको कान ठाडो हुन्छ । प्रायः अहिले सबै कार्यक्रमहरुमा कोहि न कोहि व्यक्ति सम्मानित भएकै हुन्छ । तर, जुन ब्यक्तिले सम्मान पाएका छन् के साँच्चिकै त्यो व्यक्ति सम्मान पाउने लायकका छन् त ? यो विषयमा एकचोटी मनन् गर्नु नै पर्ने भएको छ । के सम्मानित व्यक्ति र उनको कृत साँच्चिकै सम्मान पाउने योग्य छ त ? जब यो प्रश्न हामी माझ सोझिन्छ भने हामी आफै एक अर्कामा कुरा काटिरहेका हुन्छौं । “छ्या कस्तो– कस्तो व्यक्तिलाई सम्मान गरेको” ?

यदि आज कुनै व्यक्तिले सम्मान पायो भने हतार–हतार सामाजिक संजालमा फोटो भाईरल हुन्छ । आफैले शेयर गरेको तस्बिरले पनि पुगेन भने आफ्ना नजिकका व्यक्तिहरुलाई फोन गरैर फोटो भाइरल गराउन वा राम्रा–राम्रा कमेन्ट लेखेर शेयर गर्न लगाउँछ । यदि त्यतिले पनि पुगेन भने पार्टीको प्रलोभन दिएर वा पार्टीको आयोजना नै गरेर सामाजिक संजालमा शुभकामना संदेश र सम्मान पाएका फोटोहरु प्रशारित गर्न लगाउँछन् । “शुभकामना संदेशहरु लेखेर मैले पाएको सम्मानको तस्बिरहरु शेयर गरिदिनुस्, म फलानो–फलानो संस्थामा फलानो–फलानो पदमा रहेको न छुटाउनु होला है ।” वाह रे जमाना कस्तो आई सक्यो ?

अझै भन्नु पर्दा समाजमा यस्ता प्रकारका व्यक्ति पनि छन् जो सम्मान पाउन जति पनि रकम आयोजक संस्थालाई दिन तयार हुन्छ । त्यस्ता व्यक्ति आफ्नै लगानीमा कार्यक्रम आयोजना गराएर सम्मानित हुनुमा गौरवान्वित महसुस गर्छन । मैले आफ्नै कानले सुनेको शब्द जस्ताको त्यस्तै यहाँ राख्न चाहन्छु –“तपाईको कार्यक्रममा जति पनि खर्च लाग्छ, सबै खर्च म नै गरिदिउँला तर सम्मान चाहीँ भव्य नै हुनुपर्छ है । फलानो व्यक्तिलाई नै प्रमुख अतिथि बनाउनु है” अब हेर्नुस् प्रमुख अतिथि पनि तिनै व्यक्तिले फिक्स गरिदिन्छन् । वाह रे जवाना !

अझै एउटा रोचक प्रशंग यहाँ राख्न चाहन्छु – सामाजिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिईरहेका एकजना समाजसेवीलाई उसको योगदानको कदर गर्दै एउटा संस्थाले ग¥यो, सम्मान कार्यक्रम जे–जस्तो भएपनि राम्रै भएको थियो । तर, कार्यक्रम सकिन बित्तिकै सम्मानित व्यक्तिको छेउमा आएर एकजनाले फुसुफुसु गर्दै सम्मान पाउन कति रकम आयोजक संस्थालाई दिनु भएको सोध्नु भयो । सम्मानित व्यक्तिले केही बोल्नु भन्दा अगाडी नै ती व्यक्तिले म संग ५० हजार रुपैया लिएको थियो, तपाइँ संग कति लिएको हो बुझ्न खोजेको भन्दै विदा लिए । के साँच्चिकै अब सम्मान योगदानको आधारमा होइन रकम (रेट) को आधारमा पउने हो ? के यो सम्मानको व्यवसायिकरण होइन ?

वर्षौंको योगदान र बलिदानको कदर स्वरुप पाएको सम्मानबाट खुश भएका ती समाजसेवी व्यक्ति एकै पलमा निराश भए–“हे भगवान ! बेकारमा यो सम्मान लिए, यो सम्मान नलिंदा नै मेरो छबि राम्रो थियो । अब यो सम्मान लिंदा त मेरो बदनाम नै भयो । अरुकै दाँजोमा मलाई पनि दाँज्ने भए अब समाजले ।” ती सम्मानित समाजसेवी आफुलाई लज्जित महसुस गर्दै कार्यक्रम स्थलबाट बाहिरिए ।

त्यस्तै एउटा अर्को प्रशंग छ जसमा सम्मानको नाउँमा एकजना गीतकार दिदी ठगिनु भएको छ । वहाँले मलाई फोन गरेर आफ्नो दुखेसो सुनाउँदै भन्नु भयो– “हेर्नुन भाई एउटा संथाले मलाई कार्यक्रममा सम्मान गर्छु भन्दै मबाट १५ हजार रुपैया लियो, ‘तपाँईलाइ कार्यक्रममा सम्मान गर्छु’ भन्यो । कार्यक्रमको दिन आज म सम्मानित हुँदैछु भन्दै, मैले सबै आफन्तहरुलाई फुर्किंदै बोलाए वाहाँहरु आउनु भयो तर आयोजकले मलाई सम्मान नै गरेन । मेरो १५ हजार पनि लियो र सम्मान पनि गरेन । बिरेन्द्र भाई मिल्छ भने एउटा समाचार बनाएर तपाँई आफ्नो मिडियामा हलादिनुन ।” दिदीको कुरा सुनेर म मनमनै एकदमै हाँसे । मैले वहाँलाई सम्झाउँदै भने ‘दिदी समाचार चैं के भनेर हाल्नु भन्नु त, पैसा लिएर सम्मान गरेन भन्दै हालम त ?’ मैले व्यंग्य गर्दै दिदीलाई भने ‘अहिले यो कुरा मलैई मात्र सुनाउनु भयो ठिकै छ तर, अरुलाई यो कुरा नसुनाउनु होला नत्र तपाँईकै बदनामी हुन्छ ।’ सम्मानको नाउँमा मान्छे ठगिदो पनि रहेछ कुराको प्रमाण गीतकार दिदीको दुखेसोबाट थाह पाएँ । तर, समाजमा यस्ता कैंयो व्यक्ति ठगिएका होलान् जो लाजले पनि अरुलाई केही नभनेको होला ।

यहाँ दुईवटा फरक प्रसंग दिईएको छ सत्य हो । एकातिर समाजप्रति आफ्नो दायित्व निर्वहण गर्ने, आफ्नो बलिदान र योगदान दिने व्यक्तिले सम्मान पाएर पनि अपमानित हुनुपरेको छ भने अर्को सम्मान किन्न जाँदा ठगिएको छ ।

आफ्नो जीवनको अमूल्य समय समाज सेवामा समर्पित गरेका समाजसेविहरु गुमनाम छन् । जो वास्तविक सम्मानका हकदार छन्, जो सँग प्रतिभा छ, जसलाई सम्मान गरि प्रोत्साहन गर्नु आवश्यक छ आज उहीँ व्यक्ति वा संस्थाहरु सम्मानबाट बञ्चित भएका छन् । अहीले जुन प्रकारले सम्मान खरिद बिक्री हुँदै छ त्यसले वास्तविक सम्मानित व्यक्तिको कृति, योगदान र बलिदान माथी नै खेलबाड गर्दैछ ।

यस्ता आर्थिक प्रलोभन र लेनदेन गरेर सम्मान लिने–दिनेहरु समाजका अपराधी होइनन् ? के उनीहरुलाई अलिकति पनि लाज लाग्दैन ? यस्ता व्यक्तिहरु समाज सेवाको नाउँमा कलङ्क होईन र ? समाजप्रतिको बिनाकुनै योगदानको आर्थिक लेन–देनमा सम्मान लिने र दिनेहरुलाई वहिष्कार गर्नेबेला आएको छैन ? सम्मानको व्यवसायिकरणले समाजलाई कहाँ पु¥याउँछ यस विषयमा मात्र मन्थन गरेर होइन, यस विषयमा सकृयताका साथ आवाज उठाएर बोल्नु पर्ने बेला आएको छ ।

सबैको जय होस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!